सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले खेलको उद्घघाट्न गर्नुभएको हो । उद्घघाट्न कार्यक्रममा बोल्दै शेर्पाले खेलकुदले सामाजिक भावनाको बिकाससंगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताउँनुभयो । खेलकुदले समाज बदल्न सक्ने भन्दै विद्यालयस्तरबाटै खेल क्षेत्रलाई प्रथामिकतामा राख्ने गाउँपालिकाको योजना रहेको समेत शेर्पाले बताउनुभयो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बुधबारबाट सुरु भएको खेल २७ गते समापन हुनेछ ।
