सम्पर्क

Month: २०७९ माघ १६ सोमबार

मन्त्रि दुलाल र न्यायधिवक्ता नेपाललाई सम्मानका साथ डडुवा भवानी शंकरको वार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
         हिरा ठकुरी /चौतारा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम आईतबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद) ले दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गदै मन्त्री दुलालले शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा बताउनुभयो । साथै विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि र यस क्षेत्रको समग्र विकासको लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउदै शुभकामना समेत दिनुभएको थियो । सोहि अवसरमा विद्यालयको भवन मात्र राम्रो होइन शिक्षा सिकाइमा नै उपलब्धी हुन पर्ने बताउँनु भयो । मन्त्री दुलालले आफ...

छोरी जन्माउनेलाई नगद सहित सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
छोरी जन्माउनेलाई बलेफीको सम्मान सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम संचालन गरेको छ । बलेफी गाँउपलिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटाले २०७९÷०८० को बार्षिक स्विकृत छोरी सम्मान कार्यक्रम मार्फत छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप गाउँपालिकाले तिन हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको ले यस कार्याक्रममा सहभागी हुन हरेक आमाहरुलइ अनुरोध गरिएको छ । विभेदीकरणको अन्त्य गर्दै समुन्नत समाजको निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएकोे जानकारी दिदै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहन स्वरूप तिन हजार नगद सहित सम्मान गरिन लागेको बताउँनु भयो । छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गंगा बह...

स्कुल ब्याग वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा रहेको सातकन्या माध्यमिक विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । कागेश्वरी मनोहरामा अवस्थित मादे अङ्ग्रेजी बिद्यालयका सँस्थापक तथा प्रधानाध्यापक सन्तु खड्कामार्फत प्राप्त ३६ जना बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । झोला पाएपछि कपी किताव बाटोमै हराउने, पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि खड्कालाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभएको थियो ।...

वातावरण र महिला आत्म निर्भर सम्बन्धी छलफल

ब्रेकिङ न्युज २, समाचार
आदिवासी जनजाति महिला उत्थान केन्द्र साझेदारी टेवा संस्थाको आर्थिक सहयोगमा महिला र वातावरण बहुवर्षिय कार्यक्रम अन्र्तगत महिलाहरुको क्षमता अभिवृद्घिका लागि आय आर्जन तथा आत्मनिर्भर सम्बन्धी महिलाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १ यार्सा र छापाली समुहका महिलाहरुसँग आय आर्जन वृद्घि तथा आत्मनिर्भरका लागि ट्रनेल प्लाष्टिक सहित तरकारी खेति गर्न आवश्यक सामग्री वितरण गरिएको छ । महिलाहरु सशक्तिकरण हुनका लागि महिला स्वयम् परनिर्भर होईन आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङले बताउनुभयो । विषादी प्रयोग नगरी वातावरण र स्वास्थ्यलाई ध्यानमा राखी अर्गानिक खेती गर्न जोड दिएको छ ।...

मिडियामा पीडित पक्षको आवाज पातलिएको गुनासो

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयबाट त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकाले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको उहाँले बताउनुभयो । विशेषगरी अनलाइन तथा कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानूनी कारबाही हुँदै आएको बस्नेतले जानकारी दिनुभयो । “पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउनेकार्य भएका छन् । पीडित पक्षको आवाज पातलिन थालिएको छ”, उहाँले भन्नुभयो, “नयाँ सञ्चालनमा आउने सञ्चारमाध्यमले यस्ता कुरामा ध्या...

डडुवा भवानि शंकर माबिको अध्यक्षमा नेपाल

समाचार
लामो समयपछि डडुवा भवानि शंकर माध्यमिक विद्यालयले बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । गत २०७९ भाद्र ६ गते ब्यवस्थापन समिति गठन गर्न भेला बसेको भएपनि धेरै जनाको चासो देखिएकोले बिद्यालय व्यवस्थापन समिति बन्न सकेको थिएन । माघ १० गते जीवन कृष्ण नेपाललाई अध्यक्ष बनाईएको वडा अध्यक्ष तथा वडा शिक्षा सिमतिको संयोजक उद्वव नेपालले जानकारि दिनुभयो । अन्य सदस्यहरुमा रहेका छन भने अभिभावक सङ्घमा दिपक श्रेष्ठ अध्यक्ष रहनु भएको छ भने सदस्यहरुमा सुनिल अधिकारी, राधिका अधिकारी, कविता नेपाली , मनकुमार तामाङ, कुसुम तामाङ, तिलक बहादुर नेपाली रहनु भएको छ । बिद्यालयको शैक्षिक स्तर बृद्विका लागि काम गर्न पर्ने बिद्यालय व्यवस्थापन अध्यक्षको समितिमा जो भए पनि यसै वडाको हुने हो तर शिक्षा बिकासमा लाग्नका लागि धेरैको चासो हुन सकारात्मक भए पनि अध्यक्षको पद एउटा मात्र हुने हँदा आकांक्षिहरुलाई सहमतिमा ल्याउन समय...

सामुदायिक स्वास्थ्य इकाईको सुरुवात

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीहरुमा स्वास्थ्य संस्थाका पहुँच बाहिर रहेका स्थानीयलाई लक्षीत गरेर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीहरु सम्म पुग्न नसक्ने स्थानीयका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म दुइ,३ मा एक,५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिनुभयो । सामुदायिक स्वास...

सेतिकादेवि मावि ६२औं वर्षमा

समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका स्थित सेतीकादेवी माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सव वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षीकउत्सव कार्यक्रमको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले दीप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको थियो । नगरपालिकाको वडा न.ं१ झांग्रीगाउँको शान्त एवम् प्राकृतिक हराभाराको काखमा अवस्थित श्री सेतीकादेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहको उद्धघाटन गर्दै नगर प्रमुख तामाङले शिक्षा सिकाई उपलब्धीमुलक भए मात्र नगरको बिकासमा सहज हुने भएकाले शिक्षा सिकाईमा सबैको ध्यान जान पर्ने बताउँनु भयो । विद्यार्थिको मनोरञ्जनात्मक झाँकी सहित सम्पन्न भएको बार्षीकोत्सवमा वडाध्यक्ष कृष्ण मुरारी चौंलागाई, र व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयको सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुने छात्रछात्रा...

खेलको बिकास हुनु नै स्वास्थ्य बिकास हुनु हो ःबस्नेत

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले खेलको बिकास हुनु नै स्वास्थ्यको बिकास हुनु हो भन्नु भएको छ । जैसिदेवल युवा क्लबले आयोजना गर्न लागेको तेस्रो मेयरकप जुनियर तेक्वान्दो प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नगरपालिकाबाट ट्रयाकसुट सहित बिदाइ गर्दै यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिस्पर्धामा सहभागीको टोलिलाइ नगरप्रमुख बस्नेतले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको थियो । सो अवशरमा सिन्धुपाल्चोकको नाम जसरी प्रेम गुरुले तेक्वान्दो खेलबाट राख्नु भएको छ । त्यसैगरी तपाइँहरुले पनि आज बाह्रबिसे नगरपालिकाको नाम राख्दै भोलि देशको नै नाम राख्नको लागि बस्नेतले शुभकामना दिनुभयो । उहाँले प्रतियोगितामा प्रथम पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई बाह्रबिसे नगरपालिका र ब्यक्तिगत तर्फबाट सम्मान सहित उचित पुरस्कार दिने घोषणा समेत गर्नुभयो । नगरपालिकाका ,...

जुगलले गर्याे ३० जनाको जीवन बिमा

समाचार
निर्मल बस्नेत जुगल गाउपालिकाले जनयुद्ध , जनआन्दोलनका क्रममा राज्य तथा बिद्रोही पक्षबाट मारिएका शहीद , बेपत्ता र घाइते तथा अपांगता भएका साथै अति बित्पन्न परिवारको ३० जनाको १० बर्षे जीवन बिमा गरेको छ । २०७९ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि निर्वाचित भएलगत्तै गाउपालिका अध्यक्ष रेशम स्याङ्वोले शहीद परिवारको जीवन बिमा गाउँपालिकाले गर्ने प्रतिबद्धता गरेका थिए । अध्यक्ष स्याङ्वोले उक्त प्रतिबद्धता पुरा गर्नुभएको छ । रिलायवल नेपाल लाईफ इन्स्योरेन्सद्दारा जारी बिमालेख सम्वन्धित बिमितहरुलाई गाउपालिका अध्यक्ष रेशम स्याङ्वोले हस्तान्तरण गर्नुभएको हो । पालिकाले छुट्टयाइएको ५ लाख रकमवाट १० बर्षे आवधिक जीवन बिमा गरेको हो । यो पहिलो बर्षको हो १० बर्षसम्म पालिकाले ५ ÷ ५ लाख किस्ता बन्दीमा बिमाशुल्क भुक्तानी गर्नेछ । गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले बताए अनुसार यो पहिलो चरणको हो र आगामी बर...