सम्पर्क

डडुवा भवानि शंकर माबिको अध्यक्षमा नेपाल

लामो समयपछि डडुवा भवानि शंकर माध्यमिक विद्यालयले बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ ।
गत २०७९ भाद्र ६ गते ब्यवस्थापन समिति गठन गर्न भेला बसेको भएपनि धेरै जनाको चासो देखिएकोले बिद्यालय व्यवस्थापन समिति बन्न सकेको थिएन । माघ १० गते जीवन कृष्ण नेपाललाई अध्यक्ष बनाईएको वडा अध्यक्ष तथा वडा शिक्षा सिमतिको संयोजक उद्वव नेपालले जानकारि दिनुभयो । अन्य सदस्यहरुमा रहेका छन भने अभिभावक सङ्घमा दिपक श्रेष्ठ अध्यक्ष रहनु भएको छ भने सदस्यहरुमा सुनिल अधिकारी, राधिका अधिकारी, कविता नेपाली , मनकुमार तामाङ, कुसुम तामाङ, तिलक बहादुर नेपाली रहनु भएको छ ।
बिद्यालयको शैक्षिक स्तर बृद्विका लागि काम गर्न पर्ने बिद्यालय व्यवस्थापन अध्यक्षको समितिमा जो भए पनि यसै वडाको हुने हो तर शिक्षा बिकासमा लाग्नका लागि धेरैको चासो हुन सकारात्मक भए पनि अध्यक्षको पद एउटा मात्र हुने हँदा आकांक्षिहरुलाई सहमतिमा ल्याउन समय लागेको प्रधानाध्यापक बद्रि प्रसाद नेपालले बताउँनु भयो ।
विद्यालय ब्यवस्थापन समितिमा नेकपा एमाले समर्थित जिवनकृष्ण नेपाल अध्यक्ष बन्नु भएको हो ।