मेटरसाइकल चोरीको गिरोह पक्राउ
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मोटरसाइकल चोरी गरी बिक्रि गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले काभ्रेको चौरीदेउराली गा.पा. वडा नं. ०७ वाङथली बस्ने वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ०३ बस्ने वर्ष २१ को लोकेन्द्र पाख्रिनलाई चोरीको मोटरसाईकल संगै पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिएको हो । मंसिर १६ गते बेलुका काभ्रेको बनेपा नगरपालिका १३ बस्ने वर्ष ३३ को रिनेश खड्गीको बागमती प्रदेश ०२–०२८ प ८३०६ नं. को २२० सि.सि. को सेतो रातो कलरको मोटरसाईकल भक्तपुर जिल्ला बोडे स्थित डेरा अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको उजुरी परेको थियो । उक्त चोरी भएको भनिएको मोटरसाईकल खोजतलासको क्रममा मंसिर २१ गते सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरीक...
