सम्पर्क

Month: २०७९ जेष्ठ २१ शनिबार

आँखैमा लाउने गाजलु‘’ सार्वजनिक

#, जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु‘’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ–आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता÷दर्शकमाझ ल्याएक...

मेलम्ची कम्युनिटी सेकेन्डरी विद्यालयको एप्लिकेशन सुरुवात

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कुल मेलम्चीले विद्यालयको एप्लिकेशन सुरुवात, अभिभावकलाई मोटिभेशन तथा मेलम्चीका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम गरेको छ । शनिवार मेलम्चीमा आयोजित एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान ,शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी , मेलम्ची ११का अध्यक्ष चन्द्र बहादुर तामाङ, विद्यालयका संस्थापक अध्यक्ष पुस्कर धिताल लगायतले एप्लिकेशनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै विद्यालयका अध्यक्ष दिनेश बस्नेतले एप्लिकेशनले अभिभाकहरुलाई विद्यालय धाएर आफ्नो बालबच्चाको बारेमा बुझ्न नपर्ने र सबै कुरा एप्लिकेशनमा रहेको बताउनुभयो । एप्लिकेशनमा लेशन प्लान, गेहकार्य लगायत विद्यार्थीको हाजिरी र अन्य जानकारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख , वडा नम्बर ११ का नवर्निवाचित जनप्र...

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
रूपक पुरी नेपाल शिक्षक सँघ सिन्धुपाल्चोकले २०७९ वैशाख ३० को स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फवाट निर्वाचित पालिका प्रमुख तथा नेपाल शिक्षक सँघमा आवद्व भई निर्वाचित वडाअध्यक्षहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरको छ । सम्मानित हुनेहरूमा मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ , हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा , बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा लगायत रहनुभएको छ । नेपाल शिक्षक सँघको बागमती प्रदेश उपमासचिव वाङजुङ लामाको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष तुलसी प्रसाद दँगालको सभापतित्वमा भएको कार्यक्रमको सँचालन भने जिल्ला सचिव ऋषिराम पौड्यालले गर्नुभएको थियो । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि...

रासायनिक मल समयमै उपलब्ध गराउन किसान महासङ्घको ध्यानाकर्षण

समाचार
नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शुक्रबार सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले किसानहरूलाई उचित समयमा मल उपलब्ध गराउन नसक्दा किसानहरू रातोदिन पिरोलिरहेको ध्यानाकर्षणमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा भनिएको छ । ‘यो साल रासायनिक मलको बढी नै अभाव भोग्नु परेको हुँदा हाम्रा बाली नालीको उत्पादन नै नहुने र भोकमरीको त्रासमा समेत हामी किसानहरू रहेका छौँ ’ । किसानलाई आवश्यक पर्दा पैसा तिरेर मल किन्न समेत बजारमा मल नपाईरहेको अवस्थामा छिटो भन्दा छिटो बजारमा मल ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको लागि तातो...

सवारी भाडा घट्यो

समाचार
सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ अर्थात् ६.१३ प्रतिशतले घटेको थियो । सो अनुरुप यात्रुबाहक सवारी साधनको भाडा दुई प्रतिशत घटेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ ।...

हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ को मेलम्ची घ्याङ र नाकोते जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । गत असार १ गते आएको बाढीका कारण हेलम्बु १ जाने पक्की पुल बगाएपछि स्थानिय लाई आवतजावतमा समस्या परेको थियो । पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । “बल्ल अहिले आएर पुल निर्माण भयो ।”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।...

सिन्धुपाल्चोकमा लोपन्मुख लगायतको अनुसन्धान गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने लोपोन्मुख राउटे, सिमान्तकृत,वर्गका मानिसहरुको ज्ञान सीपको अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने कार्यक्रम हुने भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानको अध्यक्ष सत्यदेवी खड्काका अनुसार माझी,भुजेल,दनुवार,थामि,पहरी जातिका बसोबास भएको ठाउमा गई उनीहरुको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका सहायक वन डिभिजन अधिकृत कृष्ण बहादुर थापाले विश्व र नेपालको जनसंख्याको विवरण र जातजातिहरु नेपालमा आदिवास...

प्रमुख शाहको डङ्गोल सहित झाँक्री सँग भेट

#, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार, साहित्य
२०७९ बैशाख ३०गते सम्पन्न निर्बाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुखमा अत्याधिक मत ल्याएर नगर प्रमुख बन्नु भएका स्वतन्त्र बालेन शाह र उप प्रमुख सुनिता डङ्गोल महानगर लाइ कसरी राम्रो बनाउँन सकिन्छ भनेर बिभिन्न दलका प्रमुख हरु साँग छलफल गरिरहनु भएको छ । केही दिन अघी मात्र राजनिती दलका प्रमुखहरु साँग भेट गरे लगत्ते प्रधान मन्त्री शेर बहादुर देउवा साँग भेट गरेर महानगर लाइ ब्यवस्थीत गर्ने बिषयमा छलफल भए लगत्तेै शहरी विकास मन्त्री रामकुमारी झाँक्री सँँग भेट गरेको समाचार प्राप्त भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका शाह र उपप्रमुख डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताउँनु भएको छ । काठमाडौंको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने बताउँदै झाँक्रीले काठमाडौं उपत्यकाको...

सरकारी कार्यालयको छड्केमा ११ कर्मचारी अनुपस्थिति

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक जिल्ला चौतारा स्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बुधबार बिहान १० बजे देखी ११ बजे सम्म ११ वटा बिभिन्न सरकारी कार्यालयमा छड्के चेकजाचका क्रममा सो संख्या कर्मचारी अनुपस्थित पाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहनुभएको थियो । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण माग गरी कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।...

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलबार हेटौँडामा  आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न÷नगराउन समेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो । उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफ...