सम्पर्क

Month: २०७८ चैत्र २९ मंगलवार

निर्वाचन आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि सम्पूर्ण राजनीतिक दल, नेतागण, कार्यकर्ता एवं सम्बद्ध सबैलाई आयोगले पुनः स्मरण गराएको हो । निर्वाचन आचारसंहिताप्रति सबै राजनीतिक दलले प्रतिबद्धता जनाइसकेको हुँदा पार्टीको झण्डा र चुनाव चिह्न तोकिएको आकारभन्दा ठूलो हुन नपाउने स्पष्ट व्यवस्थालाई राजनीतिक दल र उम्मेदवारबाट पूर्ण पालना हुन्छ भन्नेमा आयोग विश्वस्त रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले यही चैत २५ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याएको विदितै छ । आचारसंहितामा राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिन...

रुखले किचेर एकको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा  रुखले किचेर एक जनाको मृत्यु भएको छ । आईतबार दिँउसो १ः३० बजे भोटेकोशी गाउँपालिका –५ बस्ने वर्ष ६६ को पेम्बा वाङदी तामाङको रुखले किचेर ज्यान गएको हो । हलो बनाउनको लागि घर नजिकै रहेको लाक्पा टुसामा रहेको सेर्पोडाँडा भुमेथान सामुदायिक जंगलमा कटुसको रुख काट्ने क्रममा उक्त कटुसको रुख ढली तामाङको छाती र घाँटीमा च्यापी घटनास्थलमानै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतले बताउनुभयो ।...

जल्किनीमा मोटरसाईकल दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जल्किनी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हँुदा एकजना घाईते भएका छन् । आईतबार दिउसो १ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० बन्देउ सडक खण्डको जल्किनी घुम्ती भन्ने स्थानमा टिपरसँग मोटरसाईकल एक आपसमा ठोक्किदा सोही नगरपालिका वडा नम्बर १३ ठुलोसिरुवारीका मोटर सवारी चालक अर्जुन गहतराज सक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चौताराबाट बन्देउ तर्फ जादै गरेको बा ४ ख २२२८ नम्बरको मिनि टिप्परले विपरीत दिशाबाट आउदै गरेको ना.४० प ८०० नम्बरको मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते चालक गहतराजको बि.एन.बी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सहित चालक चौतारा साँगाचोकगढी नगरपालिका ५ बस्ने २२ बर्षको मनोज तामाङलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

१२ औं छायाँछवि डी सिने अवार्ड कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
डी.सी.ने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेको छ । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल हुनुभयो । यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अव...

मिडीया हाउसको बालविवाह न्युनिकरण सम्बन्धि अभिमुखिकरण

ब्रेकिङ न्युज २, समाचार
नेत्रज्योती मिडीया हाउसले बाल विवाह न्युनिकरण सम्बन्धि एकदिने बालबालिका न्युनिकरण सम्बन्धी कार्यक्रम गरेको छ । बाल विवाह न्युनिकरण सम्बन्धि बालबालीका आमा समुह, अभिभावक बिच एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सुनकोशी गाउँपालिका वडा न ५ मा गरिएको हो । सुनकोशी गाउँपालिकाको सहयोग र नेत्रज्योती मिडिया हाउस प्रा.लि.आयोजना उक्त कार्यक्रम सुनकोशी गाउँपालिका वडा न ५ रतनकोट आधारभुत विद्यालयमा मा भएको हो । कार्यक्रम मिडीया हाउसका ब्यबस्थापक कुमार बस्नेतको सभापतीत्वमा भएको थियो । कार्यक्रममा जिल्ला न्यायधिबक्ता भुपेन्द्र बहादुर तामाङ थिङले बालबिबाह गर्दा कानुनि रूपमा के के व्यबस्था छ, किन बाल बिबाह गर्नु हुदैन , बालबिबाहका असरहरू केके हुन लगायत बिषयमा सहभागिलाई प्रस्ट पार्नु भएको थियो । नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखाका कार्यालय प्रमुख भरत प्रसाद कोइरालाले बालबिवाह गर्न गराउँने दुबैलाइ कानुनले बन्...

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ बर्षिय खड्ग बहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत मंसिर २५ गते करङ खोलाको जंगलमा एक ३० वर्षिय महिलालाई जबरजस्ति करणि गरेको भनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरीपछि शुक्रबार खड्का लाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका खड्का माथि अहिले अनुसन्धान जारी छ ।...

फरार अभियुक्त १० वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दाका फरार व्यक्ति १० वर्ष पछि पक्राउ परेका छन । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६८।०६।२९ गतेको फैसलाले जवरजस्ती चोरी मुद्दामा चार महिना दुई दिन कैद र पच्चीस हजार पाँच सय तीस रुपैया जरिवाना तोकिएका ।साविक साँगाचोक गा।वि।स।वडा नं ७ हाल चौतारा साँगाचोकगढी न।पा।१० जल्किनी बस्ने वर्ष २९ को राजन कार्कीलाई सिन्धुपाल्चोक प्रहरीले शुक्रबार चौतारा साँगाचोकगढी न।पा।वडा नं।५ स्थित चौतारा बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारा चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।...

बाल शिक्षा माध्यमिक विद्यालयको स्कुल बस शुभारम्भ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिकाले बालशिक्षा माध्यमिक विद्यालयलाई बिध्यालय बस दिएको छ बाल शिक्षा माबिका बिद्यार्थीहरूले चैत्र २७ गते आईतवार देखि सुबिधा पाउने छन् । बसले बलेफि ६ को भन्ज्याङ डाडा ,बलेफि ७ का चिम्लिङ, बलेफि बजार ,लामोसाँघु सम्मका बिद्यार्थीले सुबिधा पाउने क्षेत्रीले बताउनु भयो । बिद्यालयलाई बस हस्तानन्तरण पछी कार्यक्रममा बोल्दै पालीका अध्यक्ष केदार क्षेत्रीले बिद्यालयमा राजिनति होईन शिक्षा बिकास गर्न पर्छ भन्नु हुँदै नेपाल सरकारका प्रदेश सामाजिक बिकास मन्त्रिले प्राय विद्यालयमा बस दिएको भएपनि यस बिद्यालयमा बस दिन सकेनन तर बलेफि गाउपालिकाले दिएको छ । अब बिद्यार्थीलाइ पनी बसको सदुपयोग गराउँनका लागी दैनिक खर्चको ब्यबस्था पालीकाले गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थले अध्यक्ष र आफू बिच दाजु बहिनीको जस्तो सम्बन्ध रहेको र कुनै पनि...

सभापति दाहालद्वारा कागेश्वरी मनोहरामा १० वटा डिजिटल मेसिन सहयोग

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका नवनिवार्चित सभापति उद्वव दाहालले नगरभित्रका ९ वटै वडा ईकाइ कार्यसमिति कार्यालय र नगर कार्यसमिति कार्यालयलाई व्यतिगत खर्चमा डिजिटल मेसिनहरु वितरण गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका काँग्रेसलाई डिजिटल बनाउन ९ वटै वडा र र नगर कार्यसमिति कार्यालयमा १० वटा प्रिन्टर ९ प्रिन्ट,फोटो कपि र लेमिनेसन हुने०मेसिन र डिजिटल सेवा प्रदान गर्न अन्य आवश्यक सामग्री वितरण गरिएको हो । उहाँले समय सँगै सेवा गुणस्तरीय बनाउन सहज होस भनेर सामग्री वितरण गरिएको बताउनुभयो ।सामाजिक क्षेत्रमा सक्रिय दाहालको सहयोगप्रति वडा ईकाइ कार्यसमितिले आभार प्रकट गरेका छन । डिजिटल प्रबिधिमा कागेश्वरी मनोहरा नगरपालिका काँग्रेस सदैब अगाडि बढाउन दाहालले अन्य आवश्यक सामग्री भए सहयोग गर्न तयार रहेको बताउनुभयो ।...

गरगहना चम्काउने बहानामा ठगि गर्ने दुई जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
गरगहना चम्काउने बहानामा ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुबैजना भारतिय नागरिक रहेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.९ चाङखु टोल बस्ने मान वहादुर तामाङ समेतका ८ जना मानिसहरुको घरमा गई भारतीय २ जना मानिसहरुले सुनचाँदीका गरगहना तथा तामा पित्तलका भाँडाकुँडाहरु चम्किलो र सफा गरि दिने बहानामा सुनका गरगहनाहरु सफा गरि दिई कम तौलको बनाई दिई ठगि गरि फरार भएको भएको थियो । उक्त सूचनाको आधारमा ठगि गर्ने कार्यमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा बुधबार सिन्धुपाल्चोक जिल्ला ईन्द्रावति गाँउपालिका वडा नं. ४ स्थित नवलपुर बजारमा फेला पारि प्रहरीले नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेत बताउनुभयो । पक्राउ परेका दुबैजनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्नलाई सिन्धुपाल्चोक जिल्ला अदालत चौताराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भई रहेको र...