सम्पर्क

Month: २०७८ पुष २६ सोमबार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

ब्रेकिङ न्युज १, समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने जनाएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । एक सूचना जारी गरी बन्दको मोडालिटीबारे जानकारी दिइने उहाँको भनाइ छ । ‘सिसिएमसीसीको निर्णय भएपछि हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, उक्त निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले भन्नुभयो । आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।...

धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या, तीन जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या भएको छ । सिन्धुपाल्चोक राधिका श्रेष्ठकी छोरी १४ वर्षीया छोरी रोशनीको त्रिशुलले रोपेर हत्या गरिएको हो । काठमाडौको रानीवनस्थित उमा शाही ठकुरीले उपचारलागि भन्दै आश्रममा राखेर हत्या गर्नुभएको आरोप छ । पीडितकी आमा राधिकाले उपचारका लागि छोरी रोशनीलाई रानीवन आश्रममा लानुभएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ । रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक आश्रममा बेहोस अवस्थाबाट अस्पताल लानुभएको थियो । स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लिगिएको थियो । अस्पताल प्रशासनले चिकित्सकीय जाँचमा उहाँको चार घन्टाअघि मृत्यु भएको जनाएपछि प्रहरीमा सो घट्नाबारे उजुरी दिइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौले शाहीलाई पक्राउ गरिसकेको छ । स्वयम्भ...

आधारभूत पत्रकारिता तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सनराइज सिन्धु मिडियाको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्चीमा भएकोे भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्ता कार्यक्रमले आर्थिकका साथै समय पनि खर्च हुने भएकाले उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले सिर्जनशील कार्यमा लाग्ने विद्यालयलाई नगरले सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । तालिमका प्रशिक्षक एवं रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले भित्तेपत्रिका विद्यालयमा मात्र होइन गाउँमा धेरै मानिस भेला हुने ठाउँमा पनि टाँस्न सकिने साथै गाउँघरका विविध विषयमा समाचार लेख्न सकिने बताउनुभयो । तालिमले विद्यालयको गतिविधि, विद्यार्थीको प्रतिभा समेटी विद्यालयमा भित्तेपत्रिका प्रकाशनमा सहज हुने भन्दै सिकेका कुरा विद्यालयमा लागू गर्न सनराइज सि...

सेतिदेवी माविले मनायो ६९ औं वार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा रहेको सेतिदेवी माध्यामिक विलदयले आफ्नो ६९ औं बार्षिकोत्सव तथा २२ औं भूतपूर्व विद्यार्थी पूर्नमिलन कार्यक्रम आईतबार भब्य रुपमा मनाएको छ । वार्षिकोत्सवको उद्धघाटन प्रमुख अतिथी तथा चौतारा नगर प्रमुख अमान सीं तामाङले पानसमा बत्ती बालेर गर्नुभएको थियो । उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी तामाङले गुणस्तरीय शिक्षाको बारेमा छलफल र बहस गर्न आबश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । तामाङले शिक्षमा गरिने लगानी पहिले तितो हुने भएपनी अन्तमा भने मिठो हुने बताउँदै शिक्षसँगै अब आत्मनिर्भर बनाउने खालको शिक्षा प्रदान गर्न आबश्यक रहेको समेत बताउनुभयो । तामाङले चौतारा आँखा केन्द्रको समन्वयमा प्रत्येक विद्यालयका विद्यार्थीको आँखा परिक्षण गरी कमजोर भएर चस्मा लगाउन पर्नेलाई निशुल्क वितरण गरिने समेत बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा ...

हिउँले बन्द भएको तातोपानी नाका खुल्यो

बिजनेस, ब्रेकिङ न्युज २
हिमपातका कारण एक सातादेखी तिब्बतको खासा र न्यालम क्षेत्रमा रोकिएका मालबाहक कन्टेनर तातोपानी नाका भित्रिन थालेका छन् । अहिले खासा क्षेत्रबाट दैनिक १० कन्टेनर नाका भित्रिँदै आएका छन् । हिमपातका कारण खासा, सिगात्सेमा १ सय ८३ टेलर रोकिएका थिए । खासाबाट अहिले दैनिक १० कन्टेनर भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार खासा क्षेत्रमा थुप्रिएको हिउँ चीनियाँ सरकारले पन्छाएर मालबाहक कन्टेनर पठाउन थालेको र केही दिनमा उक्त सँख्या बढ्नेछ । अहिले नियमित रुपमा राजस्व सँकलन हुन थालेको छ । खासा क्षेत्रका सडकमा चार फिट भन्दा माथि हिउँ जमेका कारण १ सय २० सीबीएससम्म लोड बोकेका टेलर न्यालम र खासामा रोकिएका थिए । हिमपातका कारण दुर्घटना हुन सक्ने भन्दै चीनले कन्टेनर पठाउन रोक लगाएको थियो । हिउँले आधा भाग छोपिएका कन्टेनरहरुमा आएका स्याउ...

हेलम्बुको रातोपुलमा बेलिब्रिज निर्माणकार्य सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने रातोपुलको बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँको लागतमा बेलिब्रिजको निर्माणकार्य नेपाली सेनाले जिम्मा लिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउनुमा बेलिब्रिजले महत्व राख्दछ, बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । बाढीपछि हेलम्बु पुरानै अवस्थामा फर्कन नसके पनि सडक सञ्जाल जोड्दै पर्यटकलाई सहज बनाउने काममा सुरुदेखि नै लागिपरेको अध्यक्ष शेर्पाको भनाई छ । बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको थियो । पुलको निर्माणकार्य एक महिनाभित्र सम्पन्न गर्ने योजनाअनुरुप सेनाद्वारा रातारात काम गरिएको थियो । ए...

विभागीय प्रमुखलाई मन्त्रीको निर्देशन ः १५–१५ दिनमा कार्यसम्पादन रिर्पोट दिनुहोस्

ब्रेकिङ न्युज १, समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको छ । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको हो । ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भन्नुभयो, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनप¥यो होइन भने कारण चाहियो ।’ मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिनुभयो । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उहाँले भन्नुभयो ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’ शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छ...

इर्खुमा आदिवासी जनजाति को एक दिने प्रशिक्षण कार्यक्रम

जिबनशैली, समाचार
आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा परम्परागत अभ्यासबाट अभिभावक, महिला, किशोरीहरुमा पर्ने असरबारे १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुस २४ गते शनीबार चौतारा साँगाचोक गढि नगरपालिका वडा नं ८ इर्खु मा उक्त कार्यक्रम भएको हो । सञ्चालित कार्यक्रममा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपालचोक का अध्यक्ष पानमाया तामाङ्गको सभाध्यक्ष, अतिथि प्रहरी कार्यालयका ईन्चार्ज तारामणि श्रेष्ठ, लालकुमार सिवाकोटी , आदिवासी जनजाति महिलानगर सञ्जालका अध्यक्ष आशा तामाङ , चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ८ इर्खुमा गठन गरिएको श्री सृजनशील किशोर किशोरी समूहका संयोजक, स्वयंसेवक ,अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत अभ्यासबाट महिला किशोरीहरुमा पर्ने असरबारे अध्यक्ष पानमाया तामाङ्ग ले प्रशिक्षण दिनु भएको थियो । जसमा महिला को भुमिका ,महिला अधिकारको पृष्ठभूम...

महाकाली बहुउदेश्यीय बचत तथा ऋण सहकारीको अध्यक्षमा केशवलाल

बिजनेस
चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको महाकाली बहुउदेश्यीय बचत तथा ऋण सहकारीको सँस्था लिमिटेडले २६ औं वार्षिक साधरणसभा तथा ९ औं अधिवेशन शनिवार सम्पन्न गरेको छ । अधिवेशनले ११ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ समितीको अध्यक्षमा केशवलाल श्रेष्ठ, उपाध्यक्षमा हरीगोपाल श्रेष्ठ, सचिवमा खिल बहादुर श्रेष्ठ र कोषध्यक्षमा शुशील कक्षपती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिती सदस्यहरुमा गुणकेशरी श्रेष्ठ, डम्बर तामाङ, सञ्चमाया श्रेष्ठ, सिता नेपाली, नातीबाबु धिताल र शेरबहादुर चुहान चयन हुनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिँह तामाङको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा पूर्व साँसद तथा सँस्थाका सल्लाहकार कृष्णराज श्रेष्ठ , वडा नम्बर ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ , महिला बहुउदेश्य ऋण् सहकारी सस्था लिमीटेडको शोभा उलक , कृष्णरत्न गँगा उमाविका प्रधानाध्यापक धुर्वलाल श्रेष्ठ , चौतारा अस्पत...

सहकारीको अधिवेशनमा सभामुख सापकोटा

समाचार
सभामुख अग्निप्रसाद सापकोटा शनिवार गृहजिल्लामा आईपुग्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ मा रहेको मिलिजुलि मातृशिशु बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथीको रुपमा सापकोटा आईपुग्नुभएको हो । सभामुख सापकोटाले शनिबारनै बलेफी गाउँपालिका वडा नम्बर ३ मा रहेको फुल्पिङकोट स्वास्थ्यचौकी भवनको शिलान्यास समेत गर्नुभयो । कार्यक्रममा सभामुख सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ ।...