सम्पर्क

सेतिदेवी माविले मनायो ६९ औं वार्षिकोत्सव

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा रहेको सेतिदेवी माध्यामिक विलदयले आफ्नो ६९ औं बार्षिकोत्सव तथा २२ औं भूतपूर्व विद्यार्थी पूर्नमिलन कार्यक्रम आईतबार भब्य रुपमा मनाएको छ ।
वार्षिकोत्सवको उद्धघाटन प्रमुख अतिथी तथा चौतारा नगर प्रमुख अमान सीं तामाङले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी तामाङले गुणस्तरीय शिक्षाको बारेमा छलफल र बहस गर्न आबश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । तामाङले शिक्षमा गरिने लगानी पहिले तितो हुने भएपनी अन्तमा भने मिठो हुने बताउँदै शिक्षसँगै अब आत्मनिर्भर बनाउने खालको शिक्षा प्रदान गर्न आबश्यक रहेको समेत बताउनुभयो । तामाङले चौतारा आँखा केन्द्रको समन्वयमा प्रत्येक विद्यालयका विद्यार्थीको आँखा परिक्षण गरी कमजोर भएर चस्मा लगाउन पर्नेलाई निशुल्क वितरण गरिने समेत बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक रामहरी शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो भने विद्यार्थीको तर्फबाट कक्षा १० मा अध्ययनरत छात्रा सलीना श्रेष्ठले मन्तब्य राख्नुभयो ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा रहेको इन्द्रावती माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब तथा तथा अभिभाबक भेलाको प्रमुख अतिथिको रुपमा नगर प्रमुख अमान सिं तामाङले उद्धघाटन गर्नुभएको छ । वडा अध्यक्ष सुसिल बहादुर माझि लेकार्यक्रमको विशेष अतिथीको भुमिका निर्वाह गर्नुभएको थियो ।