काँग्रेस अधिवेशन सांगठनिक, आर्थिक सहित तीन प्रतिवेदन पारित
कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ । चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी हुनुभएन ।
कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ । चौधौं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नभएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।...
