सम्पर्क

दिवा खाजा ब्यवस्थापन गर्न स्थानिय तहलाई अनुरोध

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको ब्यवस्थापन गर्नुपर्ने भन्दै स्थानिय तहहरुलाई अनुरोध गरेको छ ।
केन्द्रका शाखा अधिकृत पद्या शर्मा सापकोटाद्धारा हस्ताक्षरित पत्रमा नेपाल सरकारले आ.ब. ०७७÷ ०७८देअी देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक विद्यालयदेखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको छ । स्थानिय स्तरमा उत्पादन भएका खाद्य बस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने ब्यवस्था रहेको सन्र्दभमा कतिपय स्थानिय तहभित्रका केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने जानकारी आएकाले यस्ता कार्य नगर्न पत्रमा आग्रह गरिएको छ । सरकारको निति विपरित र बालवालिकाको स्वास्थ्य सँवेदनशिलता असर पर्ने भएकाले साथै स्थानिय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको बताउँदै पत्रु खाना नखुवाउन शाखा अधिकृत सापकोटाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

केन्द्रले प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको मेनु समेत सार्वजनिक गरेको छ ।
मध्य पहाडका जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत, लमजुङका लागि पोषिलो जाउलो, कोदोको हलुवा, तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खीर, र तरकारी र पानी रोटी सिफारिस गरेको छ ।
स्थानीय उत्पादनमा पोषणयुक्त खानाको प्रबन्ध गर्न सकिने अवस्थामा पनि किन जंग फुड प्रयोग हुन्छ त्यो मुख्य बिषय हो । स्थानिय सरकार आउनुअघि सिन्धुपाल्चोकको साविक ठुलोसिरुवारी गाविस हालको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ र १४ मा रहेका सामुदायिक विद्यालयहरुमा नेत्रज्योती कृषी सहकारी सँस्था लिमिटेडले स्थानिय स्रोत साधनको प्रयोग गरी दिवा खाजा खुवाएर उदाहरणीय काम गरेको बज्रयोगीनी सहकारी सँस्थाको अध्यक्ष चतुर बहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार दिवा खाजा लागु गरिएका सिन्धुपाल्चोकका अधिकांस बिद्यालयमा पछिल्लो समय स्वास्थ्यलाई हानी हुने खाजा खुवाइन्छ । बिद्यालयले बजेट लगेर पोषण युक्त खाजा भन्दा पनि पत्रु खाना (जंग फुड) नै खुवाँउँदै आएका छन् । चाउचाउ, बिस्कुट, दालमोड सहितका पत्रु खाना बिद्यार्थीका लागि खुवाउदा वालबालिकाको स्वास्थ्यमा समेत हानी पुग्ने गरेको छ ।