सम्पर्क

गजल


फस बहादुर न्यौपाने

विहानिमा झुल्केघाम अंधेरीमा जुन
नयाँ नयाँ कुरा चल्छ पंधेरीमा सुन ।

गोप्य कुरा खोल्दा खेरी अर्काको सामु
झलमल लाग्नुपर्छ अंधेरीमा जुन ।

हिमालमा हिउँ पर्छ, घरबारीमा फूल
भमरा हरु आँउनु पर्छ अधेरीमा जुन ।

माहुरीहरु जमघट भई मह बनाउँछन्
बाटोघाटो हिड्नु पर्छ अँधेरीमा जुन ।

रातोमाटो चिप्लोबाटो हिड्नु ठम्याएर
यात्रा सफल हुनु पर्छ अंधेरीमा जुन ।

टोल छिमेक गाउँघर मिलेकै राम्रो
सफा मन हुनु पर्छ अंधेरीमा जुन ।

मुर्खताले चाडै झर्छ लाग्ने हतियार
चित्त राम्रो पार्नुपर्छ अंधेरीमा जुन ।

चेतना भरिनाले देशको हुन्छ बिकास
गाउँ सहर फैलियुन अंधेरिमा जुन ।