सम्पर्क

Month: २०७८ मंसिर ४ शनिबार

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नेछ –प्रदेश मन्त्री लामा

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसँख्या मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ को पार्टी कार्यालयको उदघाटन गर्दै लामाले वागमती प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुलाई स्थलगत भ्रमण गरेर आबश्यक पर्ने स्वास्थ्य सामग्री, जनशक्ती र पूर्वाधारको विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्री लामाले सिन्धुपाल्चोकको विकास निर्माण , खानेपानी, स्वास्थ्य आफुले सकेको सम्बोधन गर्ने समेत बताउनुभयोे । प्रत्येक जिल्लाका अक्सिजन प्लान्ट र मागअनुसारको काम गर्न आफु तयार रहेको समेत बताउनुभयो । कार्यक्रम वडा सभापती दिप वशादुर तामाङको सभापतित्वमा भएको थियो । पार्टी कार्यालयको उटघाटन पछी लामा वडा समितिको सम्मान कार्यक्रममा सहभागी हुनुभएको थियो ।...

आईचर र मोटरसाईकल ठोक्कीदा दिँदा एकको मृत्यु, एक घाईते

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न.पा. ९ चिहाने स्थित अरनिको राजमार्ग सडक खण्डमा बन्देउबाट बलेफी तर्फ आउदै गरेको आईचर र मोटरसाईकल ठोक्कीदा एकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा ५ख४२८२ नम्बरको आईचरले काठमाडौं तर्फ जाँदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सबार बाह्रबिसे नगरपालिका –३ का ६५ वर्षिय एकबहादुर श्रेष्ठको मृत्यु भएको छ भने सोही मोटर साईकलमा सवार आशिष श्रेष्ठ सक्त घाईते हुनुभएको छ । मोटरसाईकलमा सवार चालक र पछाडी सवार दुबै जना घाईते भई उपचारको लगी धुलिखेल अस्पताल तर्फ पठाईएकोमा घाईते मध्ये मोटरसाईकल पछाडी सवार जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटना पश्चात ठक्कर दिने आईचर भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतले जानकारी दिनु...

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ

जिबनशैली
गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै घटना सार्वजनिक भएका छन् । कैलालीको धनगढीस्थित भन्सार रोडकी एक महिलाको घरभित्रै आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ज्यान गयो । गत वैशाखमा भक्तपुरमा झ्याल–ढोका थुनेर कोइला बाल्दा निसासिएर एक सुत्केरीको ज्यान गयो । यी त सार्वजनिक भएका घटना हुन् । दूरदराजमा यसरी निसासिएर ज्यान गएका कैयौं घटना समाचार बन्दैनन् । यो हानिकारक ग्यासले मान्छेमा वान्ता हुने, मुटुको धड्कन असामान्य हुने एवं मस्तिष्कमा असर गर्नेजस्ता लक्षण देखिन्छ । तर सुतेको बेलामा मान्छेले यस...

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी– ६ को अध्यक्षमा घिमिरे

राजनिती, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिका वडा नं. ६ को प्रथम वडा अधिवेशनले रमेश घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन गरेको छ । प्रमुख आथिति माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोर्टा (देशबन्धु), विशेष अथिति बाग्मती प्रदेश कमिटि सदस्य अमृता नेपाल (प्रभा), सोही वडाका वडा अध्यक्ष चित्र बहादुर तामाङ, लगाएतका अथितिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो त्यसै गरी उक्त कार्यक्रममा विभिन्न पार्टि परित्याग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेस गरेका छन् । प्रवेस हुनेमा गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले वडा सदस्य प्रत्यासी मान ब तामाङ (वाला), नेपाली कंग्रेस वडा कमिटी सचिव भिम बहादुर तामाङ, नेबि संघ सानोठिमी क्याम्पस उप सचीव राजकुमार तामाङ, गत स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेस वडा सदस्य प्रत्यासी सुन माय...

प्रनाउ बस्नेत कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले बागमती प्रदेश कार्यालय हेटौडाबाट बस्नेतलाई उत्कसष्ट प्रहरी घोषणा गरिएको हो । विषेशगरी हेलम्बु गाउँपालिका वडा नं. १ को खार्चुङमा यही १८ गते ७३ वर्षिय केसाङ ला...

सिन्धुपाल्चोक काँग्रेसको अधिवेशन भोलीदेखी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन भोलीदेखी हुने भएको छ । पार्टी सभापती विकास लामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबिच भएको छलफलमा वडा, गाउँ , नगर , प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन गर्ने सहमति भएको हो । मँसिर ४ गते बाँकी रहेका वडा अधिवेशन गर्ने सहमती भएको छ । सिन्धुपाल्चोकमा २ वटा वडामा अधिवेसन हुन सकेको छैन भने २ वटा वडामा विबाद छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ र जुगल गाउँपालिका वडा नम्बर ३ को अधिवेशन अझै हुन सकेको छैन । नगरपालिका र गाउँपालिकाको ५ गते , सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ गते र जिल्ला अधिवेशन १३÷१४ मा निर्वाचन हुने भएको छ ।  ...

गौरती भिमशेन मेलामा हजारौँको भिड

ब्रेकिङ न्युज १, समाचार
आजदेखि शुरु भएको सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो मेलामा हजारौँ दर्शनार्थीको भिड लागेको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा दुई दिने मेला लाग्नेछ । मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आएका छन् । पौराणीक कालमा जंगल रहेको सो डाँडोमा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातको समयमा एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले देखेपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भएको किम्बदन्ती रहेको छ । सो ठाउँमा दैनिक पूजा गरे भलो हुने बताएपछि सोही समयदेखि पूजाआजा गर्ने गरेको पाइन्छ । ‘गौ’ अर्थात् गाईले राती दुध चढाएको कारण गौरती भएको भन्ने मान्यता छ । दर्शनार्थीको सुविधालाई ध्यानमा राखि चौतारादेखि गौरती डाँडाँसम्म यातायातको व्यवस्था गरिएको छ भने काठमाडौंबाट पनि सिँधै बस तथा माइक्रोब...

जिल्लाको प्रसिद्ध गौराती मेला मँसिर ३ र ४ मा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोककै ठुलो पर्वको रुपमा लिईने चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. ६ मा रहेको प्रसिद्ध गौरती भिमेश्वरको मेला यही मँसिर ३ र ४ गते हुने भएको छ । बुधबार चौतारा साँगाचोकगढी नग्पालिकाका मेयर अमान सिँ तामाङ, प्रमुख जिल्ला अधिकारी वेधनिधी खनाल , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन अधिकारी, जिल्लामा रहेका कार्यालयका प्रमुखहरु र गौरातीको स्थानियहरुको बैठक बसी आउदै गरेको गौराती मेला कसरी सभ्य र ब्यवस्थीत बनाउने विषयमा योजनाहरु बनाएको गौरतिको युथ क्लबको अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनुभयो । लामाका अनुसार बैठकले स्वास्थ्य मापदण्ड अपनाएर यही मँसिर ३ र ४ गते सम्पनन गर्ने निर्णय बैठकमा भएको छ । मेलालाई लक्षित गरी सरसफाई लगायतका क्रियाकलापहर पनी गरिने भएको छ । मेलालाई विगतको वर्षहरुभन्दा भब्य बनाउन गौराती युथ क्लबले तयारी सुरु गरिसकेको छ । मन्दीरमा रँगरोगन , बाटो खानेपानी निर...

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको बताउनुहुने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीसँग लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको छोटो कुराकानी – १) समग्रमा चौतारा नगरपालिकाले स्थानिय जनतालाई न्याय दिने सन्दर्भमा कस्ता खालका मुद्धाहरु वढी आउने गरेका छन् र तिनिहरुको कसरी समाधान गर्नुहुन्छ ? अहिले नेपाल सँघिय सँरचनामा प्रवेश गरिसकेपछाडी तिन तहको सरकारको अभ्यास भईरहेको छ । हामी स्थानिय तहको जनप्रतिनिधी हौ । र अहिले स्थानिय तहले कार्यपालिका , ब्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिराखेको छ । विशेषगरी न्यायपालीका सम्बन्धी काम गर्नचै हाम्रो स्थानिय तहमा न्यायिक समिति भन्ने हुन्छ । त्यो उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समिती छ । लगभग न्यायिक समितिले काम गरेको चार वर्ष वितिसकेको छ । चार वर्षको विचमा हामीले थुप्रै न्यायसम्पादन सम्वन्धी काम गरेका छ...