सिन्धुपाल्चोककै ठुलो पर्वको रुपमा लिईने चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. ६ मा रहेको प्रसिद्ध गौरती भिमेश्वरको मेला यही मँसिर ३ र ४ गते हुने भएको छ । बुधबार चौतारा साँगाचोकगढी नग्पालिकाका मेयर अमान सिँ तामाङ, प्रमुख जिल्ला अधिकारी वेधनिधी खनाल , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन अधिकारी, जिल्लामा रहेका कार्यालयका प्रमुखहरु र गौरातीको स्थानियहरुको बैठक बसी आउदै गरेको गौराती मेला कसरी सभ्य र ब्यवस्थीत बनाउने विषयमा योजनाहरु बनाएको गौरतिको युथ क्लबको अध्यक्ष वाङ्गेल लामाले जानकारी दिनुभयो । लामाका अनुसार बैठकले स्वास्थ्य मापदण्ड अपनाएर यही मँसिर ३ र ४ गते सम्पनन गर्ने निर्णय बैठकमा भएको छ । मेलालाई लक्षित गरी सरसफाई लगायतका क्रियाकलापहर पनी गरिने भएको छ । मेलालाई विगतको वर्षहरुभन्दा भब्य बनाउन गौराती युथ क्लबले तयारी सुरु गरिसकेको छ । मन्दीरमा रँगरोगन , बाटो खानेपानी निर्माण लगायतको तयारीमा ब्लब लागीसकेको लामाले जानकारी दिनुभयो । यो वर्ष मेला अवधिभर साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।
चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । त्यसपछि सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजा समेत हुने प्रचलन छ ।
किंवदन्ती अनुसार पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्थे । गाईले राति राति एउटा ढिस्कामा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तध्र्यान भएकाले सोही समय देखि पूजाआजा गर्ने चलन चलेको हो । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको बताइन्छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि.सं १६४२ मा चढाएको ढलोटको घण्टाका आधारमा ४३२ वर्ष पहिले देखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि वि.सं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।
