सम्पर्क

बिजनेस

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
कर्णाली, १२ फागुनः आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताउनुभयो । चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँद...
शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा  स्वागत

शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा स्वागत

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ। क्षेत्र नम्बर २ अन्तर्गतका अन्य स्थानीय तहहरूमा मतदाता भेटघाट तथा घरदैलोपछि चौतारा प्रवेश गरेका तामाङलाई वडा नम्बर ७ का मतदाताले न्यानो माया र उत्साहका साथ स्वागत गरेका हुन्। उक्त वडा यसै निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार युवराज दुलालको गृह वडा हो। साथै २०७९ सालको स्थानीय तह निर्वाचनमा सो वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङलाई देखिएको जनसमर्थन र सद्भावका कारण निर्वाचनमा जित सुनिश्चित हुने अनुमान गरिएको छ। एमाले निर्वाचन प्रचारप्रसार समितिका अनुसार,  वडा अध्यक्ष समेत तामाङप्रति सकारात्मक देखिएकाले आफ्नो पक्षमा ...
निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
निर्मल बस्नेत ११ फागुन, चौतारा ।फागुन २१ को प्रतिनिधी सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सुरक्षाको सम्पूर्ण रुपले तयारी पुरा भएको छ । उक्त कुराको जानकारी गराउदै जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्य रहेको बताउँनु भयो ।सोमबार जिल्लाका सम्पुर्ण सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा भएको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ अधिकारी उक्त कुरा बताउँनु भएको हो ।उहाँका अनुसार २ वटा अस्थाई समेत जिल्लाको ६ सय २३ वटा मतदान केन्द्रमा ३ हजार ८ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ । जिल्लाको ७७ केन्द्र सामान्य , ६३ संवेदनसिल र ६ मतदान केन्द्र भने अति संवेदनसील तथ्याङ्क सार्वजनिक गरेका हुन् । यसलाई मध्यनजर गरि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी ...
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ११ फागुन: डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गर्नुभयो ।मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्त...
निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
प्रेस काउन्सिल नेपालले निर्बाचन अबधीमा निश्पक्ष एवम उत्तरदायी बन्न सम्पुर्ण सञ्चार माध्यमहरुलाइ आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार एक बिज्ञेप्ती जारी गरी उक्त आग्रह गरेको हो काउन्सिलका सह प्रबक्ता एवम सुचना अधिकारी रामशरण बोहोराद्धारा जारी बिज्ञेप्तीमा भनीएको छ .प्रेस काउन्सिल नेपाल सत्य तथ्य, सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताको लागि पत्रकार र आमसञ्चार माध्यमलाई अनुगमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो, जसले नेपालमा रहेका आमसञ्चार माध्यमको नियमित अनुगमन गरिरहेको छ । विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक ...

त्रिशुली नदीमा भइरहेको हृदयघात

खानेपानी, जिबनशैली, बिजनेस, विचार, विचित्र संसार, साहित्य
 पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको र केही अन्य घाइते भएको अत्यन्तै दुखद घटना घट्यो। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु। २०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्। के यी सबै घटनाहरू संयोग मात्र हुन् त? यदि नेपाललाई एउटा मानव शरीरसँग तुलना गर्ने हो भने काठमाडौं उपत्यका त्यसको मुटु हो। मुटुसम्म रगत र पोषण पुर्‍याउने शिरा–धमनीहरू जस्तै देशका विभिन्न राजमार्ग र सडक सञ्जालहरु नै हुन्। जब शिरा–धमनीहरूमा अनावश्यक चाप पर्छ वा ती कमजोर हुन्छन्, तब हृदयघात र मस्तिस्कघात जस्ता खतरनाक समस्याहरु हुन्छन ।...
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ११ फागुनः निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको ...
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।” सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उहाँले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताउनुभयो । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द...
नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस बागमती प्रदेस क्षेत्र न २का कोषाध्यक्ष नेपाल भुत पुर्ब सैनिक संघका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र थापाले नेपाली काँग्रेसको शत्रु अरु कोही नभएर दुखी गरिब अशिक्षा बेरोजगारी बिथिती हो त्यसैले यसका बिरुद्ध लाग्नका लागी रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई आ–आफ्नो राजनीतिक आस्था राख्न पाइन्छ तर अनुशासनको पालना गर्न र आपसी सद्भाव कायम राख्न अनुरोध गर्नुभयो। नेपाली काँग्रेस १४ नं वडा इकाइद्धारा आयोजित चुनाब प्रचार प्रसार शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो । उँहाले नेपाली काग्रेसका उमेदवार बंसलाल तामाङ एक कुशल इमान्दारी र सबैले रोजेको र सबैले खोजेको उमेदवार मध्यको भएकाले उँहालाइ पाटीले जिम्मेवारी दिएको बताउँनु भयो । नगर सभापती इन्द्रलोचन धितालले चौतारासाँगाचोकगढी नगरपालिकाबाट काँग्रेसलाइ पहीलो स्थानमा राख्न अनुरोध गर्नु भयो । नेपाली काँग...
हेलम्बु–२ ठुलोचौरमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको मतदाता भेटघाट

हेलम्बु–२ ठुलोचौरमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको मतदाता भेटघाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
हेलम्बु । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चाेक क्षेत्र नं २ का उम्मेद्वार बंशलाल तामाङले हेलम्बु गाउँपालिका वडा नं. २ ठुलोचौरमा मतदाता भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवारसमक्ष आफ्ना गुनासा तथा अपेक्षाहरू राखेका थिए। स्थानीय बागदल तामाङ (काले)ले चित्रे जाने बाटो र चिहानडाँडा जाने सडक निर्माण गर्नुपर्ने माग राख्दै गुम्बा व्यवस्थापन र पाहुना घर आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसले गाउँपालिकामा जित हासिल गरेपछि विकासका कामहरू अघि बढेको उल्लेख गर्दै यसपटक पनि विकासकै लागि मत दिने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी स्थानीय होमबहादुर भण्डारीले कांग्रेस नेतृत्वमा गाउँपालिकामा स्वास्थ्य सेवा सुधार भएको बताउनुभयो। अर्का स्थानीय तारानाथ भण्डारीले गाउँमै रोजगारी सिर्जना गर्ने विषयमा उम्मेदवार केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा हेलम्बु...