भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6 v3 भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको का...
