सम्पर्क

बिजनेस

सूर्यज्योति लाइफ इन्स्योरेन्सको MDRT MEET 2023 भव्यताका साथ सम्पन्न

बिजनेस, समाचार
सूर्यज्योति लाइफ इन्स्योरेन्सले MDRT MEET 2023 धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा MDRT 2023 का लागि मनोनित सम्पुर्ण MDRT हरुलाई सम्मान गर्नुका साथै COT हुन सफल गौरब कुमार शाही र TOT कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै TOT कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गर्नुभएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा COT, TOT तथा MDRT हरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गर्नुभएको थियो । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गर्नु भएको थियो । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ । यस कार्यक्रमले आगामी वर्षहरुमा...

दुई वर्षभित्र तल्लो इन्द्रावती सम्पन्न गर्ने लक्ष्य

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
लामो समय निर्माणकार्य रोकिएको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको काम सुरु भएको छ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजनाको निर्माण आगामी २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । तोकिएको समयमा लक्षित प्रगति हासिल गर्न नसकेको भन्दै यसअघि खारेज भएको आयोजनाले पुनः अध्ययन अनुमतिपत्र प्राप्त गरी काम गरिरहेको छ । पहिले पनि निर्माणको केही हिस्सा सम्पन्न भइसकेको हुँदा बाँकी काम लक्षित समयभित्र पूरा लक्ष्य तय गरिएको छ । कम्पनीले अघि बढाएको आयोजना करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो । आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अ...

कुचोबाट मनग्य आम्दानी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको छ । हाल कुचो रु एक सयदेखि एक सय २० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो । डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका ...

चौतारामा कटाई सिलाई एड्भान्स तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतरामा शुक्रबारदेखी एक महिने सिलाई कटा्रई एड्भान्स तालिम सुरु भएको छ । तालिमका चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । साथै उहाँले आफुले सिकेको सिप सदुपयोग गर्न सकेमा आर्थिक भार कम पर्ने बताउनुभयो । सिकेको सिप कहिले खेर नजाने हुदाँ एक महिनाको अबधि भरि मेहनतका साथ ध्यान दिएर तालिम सिक्न सबैमा आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै ५ नं. वडाका वडासदस्य राम बहादुर घलेले आधारभुतको तालिमले सामान्य घरपरिवारका कपडा सिलाई गर्न मात्रै सकेपनि ठुलो उपलब्धी हुने बताउनुभयो । चौतारा साँगाचोकागढी नगरपालिका वडा न ५ को वडास्तरीय महिला संजालको आयोजनामा र चौतारा साँगाचोकग...

चौसागढी११को सभाबाट२१बुदै निर्णय

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११मा वडा गाँउ सभा भएको छ । २३ गते सोमबार वडा अध्यक्ष रोषन राज गिरीको अध्यक्षतामा बसेको ११नं वडा को प्रथम गाउँ सभा बाट समस्या पहिचान र समाधान का उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमका लागी २१ बुंदे कार्यक्रम समेत पास गरेको छ । वडा अध्यक्ष गिरीका अनुसार सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने , झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने,सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने,बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ,हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने, महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने, यसरी श्रमदान गरि बिशिस्ठ योगदान गर्ने टोल बस्ती लाई थप ...

ब्रान्ड नामसहित सिस्नु उत्पादनमा महिलाहरु

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी (रासस) सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुञ्चोकका महिलाहरु गाउँमै उत्पादन गरिएको सिस्नुका पाउडरलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाहरूले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएको निर्मला सुनारले बताउनुभयो । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,” उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरूले यसको खेती सुरु गरेका हुन् । स...

बाह्रविसे नगरद्धारा गोरु पाल्ने ७ सय ७६ कृषकलाई अनुदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ का दरले अनुदान दिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई दुई करोड ५० लाख बढी रकम अनुदान दिएको हो । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गोरु जोतेर कार्यक्रमको उद्धघाटन गर्दै कृषकलाई अनुदान रकम हस्तानन्तरण गर्नु भएको हो । उँहाले रकम हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै रासायनिक मल कोहाहाकार ब्यहोर्नु भन्दा गाइ गोरु पालेर मल उत्पादन पनी हुने खेती पनी हुने भन्दै बर्षमा एक दिन भए पनी सम्झनाका लागी हल तिहार मनाइने गरेको बताउँनु भयो । उँहाले विदेशबाट मल खरिद गर्ने बानी बसेको र माटो...

तरकारीले उकास्यो जीवनस्तर

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदी अरबको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताउनुभयो । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।” तामाङ तरकारीमा रासाय...

लघुबित्त बित्तीय संस्थाकोे बित्तीय साक्षरता कार्यक्रम भक्तपुरको ताथलीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय ताथलीले भक्तपुर चोर्चा ७ मा अबस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारीको सभाहलमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि ताथलि शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सप्पन्न गरेको ताथली शाखाका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिनु भयो । उँहाका अनुसार मङ्गलबार चागुनारायण न.पा . ९ स्थित उक्त लघुबित्तले सिपाडोल,दुवाकोट,चागुनारायण,टुकुचा , नाला देखि नगरकोट सम्मका ४७ वटा केन्द्र अन्तर्गतका ७० जना आफ्नो कारोवारमा आवद्ध सदस्य तथा सदस्यहरुको परिवारलाई बित्तीय साक्षरता दिइएको बताउनुभयो । बित्तिय साक्षरता के हो, यसको आवस्यकता किन छ,बचत कसरी गर्ने , पारिवारिक बजेट भनेको के हो,कसरी पारिवारिक बजेट बनाउने , कर्जा,बिमा,तथा अहिलेको डिजिटल प्राविधिको बारेमा आवश्यक ज्ञानको लागि प्रशिक्षक संस्थाक...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो नक्सालमा

बिजनेस, बिदेश, समाचार, स्वास्थ्य
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ । नक्साल स्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ । १८ बर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो भन्नु भएको छ । उँहाका अनुसार यो ...