सम्पर्क

बिजनेस

राजधानीमा सुर्ती जन्य पदार्थमा बन्देज

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाण्डौ महानगरपलिकाले गही मंसीर २७ गते देखी सुर्ती जन्य पदार्थको बिक्री बितरणमा रोक लगाएको छ । महानगर पालिकाले मंसंीर १२गते एक सुचना प्रकाशीत गरी यस्तो जानकारी दिएको हो । महानगरको स्वास्थ्य बिभागले जारी गरेको सुचनामा सावैजनीक स्थलहरुमा धुम्रपान, चुरोट,बिडी , सिङ्गार , तमाखु,सुल्फा, कक्कड,कच्चा सुर्ती,खैनी, गुट्खा, सुर्ती वा सुर्तीजन्य पदार्थ हरुको बिक्री बितरणमा रोक लगाउँदै यदी यसरी बिक्री गरेको भेटेमा महानगर प्रहरीले सामान जफत गरी बतिरण गर्नेलाइ कार्बाही गरिने जनाएको छ ।  ...

सहकारीमा एक ब्यक्ती एक पद लागु हुने

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सहकारी बिभागले एउटै ब्यक्तीलाइ दुइ सहकारीको सञ्चालक समितीमा बस्न नपाउँने नियमलाइ कडाइका साथ कार्यन्वयनमा ल्याँउने भएको छ । सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोरो पदमा बस्न नपाउने भन्दै सहकारी विभागले सूचना समेत जारी गरेको छ ।विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको छ । यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए । मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो ।सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रह...

’ढुक्क हुनुस्, पाँच वर्षमा तपाइहरूले अपेक्षा गरेको भन्दा बढी काम गर्छु’– मन्त्री बस्नेत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  रामचन्द्र दुलाल .काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक पुगेर पाँच वर्षको कार्यकालमा जनाताले अपेक्षा गरेको भन्दा बढी काम गर्ने योजना सहित अघि बढेको बताउँनुभएको छ। ’पाँच वर्षमा जनाताले मागेको भन्दा धेरै काम गर्छु, –भन्दै बस्नेतले े, ’ढुक्क हुनुस् सबै क्षेत्रमा राम्रो गर्छौ, मेरो काम गर्नै शैली तौर तरिका देखेरै तपाईहरूले मलाई जिताउनु भएको हो, म तपाइहरुको मत खेर जान दिन्न ।’सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका– २, महेन्द्र मा. विमा आज आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा मन्त्री बस्नेतले आफू निवार्चित क्षेत्र सिन्धुपाल्चोकमा मात्र नभइ देशभर स्वास्थ्य, सडक, शिक्षा, सिँचाइलगायतका क्षेत्रमा समस्या रहेको बताउँदै समस्या समधानमा आफू लागि परेको बताउँनु भयो ।उहाँले गरिबीका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने जानकारी द...

नगरपालिका संघ को विपद जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल नगरपालिका संघ आयोजित विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति र अभ्यास विषयक १ दिने संवाद कार्यक्रम काठमाडौको होटेल दुसित प्रिन्सेसमा सम्पन्न भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री अनिता देवी शाह प्रमुख अतिथि रहेको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङज्यु सहित १८ वटा नगरपालिकाका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, गाउँपालिका महासंघका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, भुगर्भविद र सो संग सम्बन्धित बिज्ञ लगायतको उपस्थित रहेको थियो । नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विपद न्यूनीकरण प्रस्तुतीकरणको साथै विपद जोखिमको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।...

मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने ःआइतमान तामाङ्ग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नगर प्रमुख आइतमान तामाङ ले सुविधा सम्पन्न भवन निर्माणसँगै सेवाग्राहीले सहज र सरल रुपमा सेवा लिने अवसर पाउनु पर्ने बताउनुभएको छ । ९ नं. वडा कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रमुख तामाङले वडा कार्यालयले प्रवाह गर्ने सेवा सर्वसाधारणले स्थानीय सरकारले दिने सेवाको अनुभूत गर्ने माध्यम भएको धारणा राख्नुभएको हो । उहाँले आफ्नो पहिलो प्राथमिकता समृद्ध नगर बनाउने भएकाले त्यसै अनुसार बजेट विनियोजन गर्ने गरिएको बताउनुभयो । तामाङले विकास निर्माणका क्रममा कामको गुणस्तर र परिणाममा कुनै सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । उँहाले मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सो अबशरमा आफ्नो भनाइ राख्दै उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडा तथा अन्य स्थान बाल तथा अपां...

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक द्धारा अवैध मदिरा नष्ट

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अबैध मदीरा नष्ट गरेको छ । चाडबाडको समय पारी बिभिन्न प्रकारका अबैध मदीराहरु लुकाइ छिपाइ ओसार पसार गरिरहेको अबस्थामा नियन्त्रणमा लिइ शुक्रबार नष्ट गरिएको प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराइले जानकारी दिनु भयो । उँहाका अनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बाल नरसिंह राणा सशस्त्र प्रहरी बल नेपाल नं. १६ हे.क्वा का प्रमुख, सहायक भन्सार प्रमुख भोटेकोशी गाउँ पालिकाका सहायक प्रशासकिय अधिकृत लगायतका स्थानिय बासिन्दाको रोहबरमा ईलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी चेकजाँच तथा प्रहरी गस्ती गर्ने क्रममा विभिन्न मिति तथा समयमा नेपाल चिन सिमाना कोदारी नाका बाट लुकाइ छिपाइ ल्याएको अबैध मदिरा (मादक पदार्थ) ८५० पिस बोतल नष्ट गरिएको हो ।  ...

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त ग...

माझीबस्ती प्रकरणमा बैकंलाई लिलामी नगर्न भन्दै श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
२०७२ को बिनाशकारी भुकम्पपछी एकाएक चर्चामा आएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –१४ मा रहेको एकीकृत झ्याँडी नमुना बस्ती अहिले उच्च अदालतमा समेत पुगेको छ । भुकम्पपछी श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माण गर्नका लागी भुकम्पका कारण क्षेती भएका घरहरुको अनुदान भन्दा बढी रकम लाग्ने भएपछी बढी रकम लक्ष्मी बैकंबाट ऋण लिएर नमुना बस्ती बिकास गर्न लागिएको थियो । नमुना बस्तीको निर्माणका लागी प्रतीघर रु. ७ लाख लगानी हुने भएपछी नपुग रकम बैकंबाट कर्जालिने सहमतीका साथ बस्ती निर्माण सुरु गरिएको थियो । यो निर्माणको क्रममा ५३ घर माझीहरुले सरकारबाट प्राप्त तिन लाखले नपुग भएको चार लाख बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । ५३ घर मध्ये बैकले ३४ घरलाई मात्र कर्जा दियो बाँकी १८ घरलाई दिएन तर बस्ती निर्माण भयो । निर्माण गर्ने क्रममा बैकले कर्जा दिने भएपछी ५३ वटा घर निर्माण ...

वडा अध्यक्ष शिबश्रेष्ठको नेतृत्वमा चौताराबजार सरसफाइ

जिबनशैली, बिजनेस, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठको नेतृत्वमा सुरक्षा कर्मी तथा स्थानीय नागरिक सहीतले चौतारा बजारको सर सफाइ गरेका छन । बिहीबार बिहानै बजार सरसफाइ गर्दै वडा अध्यक्ष श्रेष्ठले चाडबाडको बेला सवारी साधनको भिड हुने भएकाले ट्रफिक ब्यबस्थापनमा समेत चासो दिन पर्ने भएकाले जथाभाबी पार्कीगं नगर्न समेत नगरवारबासीलाइ अनुरोध गर्नू भएको छ । यसै बिच चौतारासाँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा लायन्स क्लब अफ सिन्धु चौतारा सिटि , चौताराको सहकार्यमा हाम्रो शान ,हाम्रो अभियान “ सफा चौतारा स्वच्छ चौतारा , सुन्दर चौतारा “ भन्ने नाराका साथ चौतारा बजारको विभिन्न ठाउँहरुमा गमला सहितको बिरुवा रोप्ने कार्यक्रम समेत गरिएको छ।  ...

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ: काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ ।काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो । ‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकारितालाई जिवित बनाइराख्न पनि कार्टुन विधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जिवित रहन्छ ...