सम्पर्क

बिजनेस

– देशको आँसु कसले पुछ्ने ?

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
रमेश कुमार बोहोरा देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ । अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ । अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भएको छ । मेटिएका, जलेर खरानी भएका...

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताउनुभएको छ । आयोगले वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतःजनताका हकअधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्दछ”, आयोगले भनेको छ । आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबैपक्ष संयमित हुनु पनि आग्रह गरेको छ । “विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले द...

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौ : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ...

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौः देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने...

सुरक्षा निकाय द्धारा शान्ती सुरक्षामा सहयोग गर्न अनुरोध

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नपाली सेना, प्रहरी प्रधान कार्यलय ले शान्ती सुरक्षामा सहयोग गर्न देसबाीलाइ आग्रह गर्दै यस अबस्थामा केही अराजक ब्यक्तीहरुबाट हुन सक्ने सम्भाबीत खतारहरुबाट बच्नका लागी अनुरोध सेमत गरेको छ यसका लागी सेनाले आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि हेल्पलाइन नम्बर ०१–५९७९००० मा फोन गरी जानकारी दिन सेनाले आग्रह गरेको हो । जेन–जी को आन्दोलनका कारण प्रधान मन्त्रीले राजीनामा समेत दिइ सक्दा पनी स्थिती निउन्त्रणमा नआए पछी नेपाली सेना ले देस,नागरिक, सार्वजनीक सम्पती सुरक्षाका लागी नेपाली सेना २४ गते राती १० बजे बाटै सुरक्षा निकायलाइ परिचालन गरेको हो । यसै बिच नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी महानिरिक्षकको सचिवालय बाट पनी शान्ती सुरक्षा का लागी सबैमा अनुरोध गरेको छ ।  ...

त्रिपुरासुन्दरीमा स्वास्थको पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा सभा अध्यक्ष पालिका अध्यक्ष भक्तध्वज बोहरा हुनुहुन्थ्यो ।त्यसैगरी उपाध्यक्ष गिताकुमारी नेपाल ,प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली ,जिल्ला जनस्वास्थ्य कार्यलय चौतरा सिन्धुपाल्चोकको प्रमुख दुर्गा बजगाइ ,जनप्रतिनिधिहरु,साझेदार संस्थाको प्रतिनिधिहरु,पालिकाभरका सबै स्वास्थ चौकीका प्रमुख ,जन स्वास्थ निरीक्षक अमन परियार लगायत पालिका प्रमुखहरुको उपस्थिति रहेको स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले बताउनुभयो ।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाभर स्वास्थको क्षेत्रमा गरेको कामको उच्च प्रसंशा गर्दै घर दैलोमा गएर स्थानीय लाई सेवा दिन निर्देशन समेत दिनुभयो ।आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ सम्बन्धि सबै कार्यक्रम तथा गतिविधिहरुको औषधि उपच...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौः वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति ...

२५गते बाट सबैको परिचयपत्र को फोटो बाह्र्बिसेमा ५९३ ले पाए सुबिधा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम भइ रहेको छ । टोलिले १६ गते बाट २२ सम्म बाह्रबिसे नगरपालिकाको ९ वटै वडा लगाएतका सामाजीक सुरक्षा प्राप्त गर्ने नागरिकहरुको फोटो खिचाएको थियो । २२गते सम्म ५९३जनाले फोटो खिचाइ बिबरण भरी सकेको नगर उप प्रमुख मन्जु तामाङले जानकारी दिनु भयो । उँहाका अनुसार पुन २५गते देखी उमेर पुगेका सबैलाइ परिचय पत्रको लागी बिबरण दर्ता गर्ने काम बाह्रबिसेबाटै हुने भएको छ । बाह्र्बिसे नगरपालिकाले सुचना प्रकाशन गरी २३र २४ गते त्रिपुरा सुन्दरी वडा नं ३को कार्यलयमा बिबरण दर्ता गरी २५ गते देखी बाह्रबिसेमा बिबिरण दर्ता गरिने जनाएको छ । यो...

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

अप्सरा गौतमको गाउँगाउँमा सिंहदरबार’मन्त्री भगवती न्यौपानेद्धारा विमोचन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्री भगवती न्यौपानेले एक समारोहका बिच ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्नु भएको छ । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँनु भयो । सो अबशरमा मन्त्री न्यौपाने ले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउँनु हुँदै मनत्री न्यौपानेले आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दैस्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताउँनु भयो ।संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भ...