दिपावलीको अबशरमा खेलीने देउसी भैलो सिन्धुपाल्चोक जिल्लामा राती ९ः३०बजे सम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सुचना प्रकाशीत गरी यस्तो जनाएको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जारी गर्नु भएको सन्देशमा नेपालीहरुको महान चाड तिहार (शुभ–दीपावली), नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा समस्त जिल्लावासीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैयस चाडलाई अनुशासित र मर्यादित बनाउन समस्त जिल्लावासीहरुमा हार्दिक अनुरोध गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यलले आतसवाजी, पटाका, भूइचम्पा लगायतका हानिकारक विस्फोटक वस्तु तथा पदार्थहरु खरीद विक्री, ओसारपसार तथा प्रयोग नगर्न, देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरु गर्दा मर्यादित, अनुशासि एवं व्यवस्थित ढंगले राती ०९ः३० बजेसम्म मात्र संचालन गर्न। चिठ्ठा, जुवातास लगायतका गैरकानूनी काम कारवाही नगर्न भनेको छ ।उपरोक्त सूचनामा उल्लिखित कुराहरुको वर्खिलाप गरि काम–कारवाही÷गतिविधी गरे÷गराएको पाइएमा नजिकको प्रहरी कार्यालय, प्रहरी हट लाईन नं. १०० वा यस कार्यालयका सूचना अधिकारीको मोवाइल नं. ९८५१२८४३२१ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत सबैमा अनुरोध गर्दछौ जिल्ला प्रशासन कार्यलय द्धारा जारी सुचनामामा भनीएको छ।
