मानवअधिकार दिवसमा अधिकार कर्मी नाती बाबु धितालद्धारा प्रस्तुत अपिल
मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा मानवअधिकार कर्मी नाती बाबु धितालले एक अपिल जारी गर्नु भएको छ । उँहाले चौतारासाँगाचोकगढी नगरपालिकाद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा आफ्नो मन्तब्य राख्दै यस्तो अपिल जारी गर्नु भएको हो । उँहा द्धारा प्रस्तुत अपिल जस्ताको तस्तै ः
मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा अपील
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ वर्ष पुरा भएको छ । सबैका लागि स्वतन्त्रता, समानता र न्याय भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस भव्यताका साथ विश्वभर मनाइदैछ । नेपालको सन्दर्भमा यसको मुख्य सन्देश भनेको नागरिकका लागि संवैधानिक रुपमा निर्दिष्ट गरिएका मौलिकहकहरुको निशर्त कार्यान्वयन हो र प्रत्येक व्यक्तिमा मानवअधिकारको प्रत्याभूति हुनु हो । घोषणा पत्र जारी भएको ७५ वर्षको इतिहासलाई हेर्न...
