कतारमा एनआरएनए दिवस सगैं राष्ट्रिय पर्वहरु भब्य रुपमा एकै साथ मनाईयो
दर्शन सुनार,नेपालीहरुको महान पर्वहरु दशै,तिहार,छठ, नेपाल सम्वंत११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र एनआरएनए स्थापना दिवस कतारमा एकै साथ मनाईएको छ ।गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वय तथा कतारमा स्थापित ५४ वटा विभिन्न संघ-संस्थाको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४" कतारको सहानिया स्थित अल दोसरी गार्डेनमा भब्य रुपमा मनाईएको हो गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राज दूतावास कतारका कार्यवाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।बिधिगत रुपमा दिप प्रज्वलन गरेर उदंघाटन गरिएको कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य सहित राष्ट्रिय चाडपर्वहरुको बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा थारु कल्याणकारी सभा...
