सम्पर्क

बिदेश

चित्रकार रन्जु यादव डेनमार्कको बालबालिकालाई मिथिला चित्र सिकाउँदै

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं, बैशाख २९ गते । युरोप भ्रमणमा रहनु भएकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिनु भएको अमनेन्द्र यादवले जानकारी दिनु भएको छ । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिनु भएको हो । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो । युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला...

तेस्रो लगानी सम्मेलन काठमाण्डौमा शूरु

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
आज देखी काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बिच उद्घाटन गर्नुभयो । सम्मेलनउद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य सहित उपस्थितीलाइ स्वागत गर्नू भएको छ ।समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट ...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, स्वास्थ्य
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिक...

सात महिला चलचित्रकर्मी सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य ...

डडुवाको सडक कालोपत्रे, सम्झौता भन्दा ४ महिना अगाडि नै सम्पन्न

#, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
हामिले देशका पुर्बधार बिकासमा धेरै कामहरुका बारेमा समाचार लेख्ने र पढ्ने गरेका छौ । यस अबधिमा राम्रा र गुणस्तरिय कामका लागी हरेक दवाव दिएको समयमा काम सम्पन्न नभएर ठेकेदार फरार रहेको समाचार पढेका छौ । तर कोटेशनको समयभन्दा पनी अगाडी नै गुणस्तरिय काम सम्पन्न गरेर भुक्तानी माग गर्ने ठेकदारहरु कमै मात्रमा छन् । हालै मात्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीका प्रमुख समेतले धुलिखेल सडक मार्ग छिटो र गुणस्तरियताका लागी अनशन नै बस्नु पर्याे । तर सिन्धुपाल्चोक जिल्लामा यस्ता निर्माण कम्पनी छन् जसले समयमा नै काम गरेर स्थानीय बिकासमा गुणस्तरियता कायम राखेको पाइन्छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा २ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्झौताको म्याद भन्दा अगाडी नै सम्पन्न गरेको छ । भेष नाथ सापकोटा, रामकुमार लामा र सुभाष राज गिरी सञ्चालक रहेको कचद दगष्मिभच उखत।ति...

चौतारा क्याम्पसको प्रमाणपत्रलेअन्तराष्ट्रिय मान्यता पाउँने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रबहादुर बस्नेत, सिन्धुपाल्चोकजिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पस बाट प्रदान गरिने शैक्षिक प्रमाण पत्रले अब अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने भएको छ । यस क्याम्पसमा स्नातक तहका विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान समेत आउने भएको क्याम्पस लृखा प्रमुख कृष्ण गोपालले जानकारी दिनु भयो ।सामुदायिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र पाए सँगै यो सुबिधा पाउँने भएको हो । विश्वविद्यालय अनुदान आयोगले सानोठिमी भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, अछाम बहुमुुखि क्याम्पस मंगलसेन, कोईष्ट ईन्टरनेशनल कलेज ललितपुरलाइ संयुक्त रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यपक डा. देवराज अधिकारीले (क्यूएए) प्रमाणीकरण प्रमाण प्रदान गर्नु भएको हो । प्रमाणपत्र ग्रहण गर्दै क्याम्पसका प्...

सिन्धुपाल्चोकमा सुरु भयो ट्राफिक सप्ताह

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक सप्ताह २०८० मनाइन लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।      चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा र निमित्त प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको बिशेष आतिथ्यतामा ट्राफिक सप्ताह शुभारम्भ भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कार्यक्रमको उद्धघाटन गर्दै मानिसको सानातिना गल्तीले ठुलो नोक्सानी हुने हुँदा सानातिना गल्तीबाट बच्न पर्ने बताउँदै सवारी दुर्घटना कम गर्नका लागी नगरपालिकाबाट सहयोग हुने बताउँनु भयो । उहाँले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरु वर्षेनि बढ्दै गएको बताउदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताउनुभयो । बिशेष अतिथी निमित्त प्रमुख ...

गठबन्धनलाइ जिताउँन अपील

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
जिल्ला स्तरिय लोकातन्त्रीक गठबनधनको बैठकले गठबन्धनका उम्मेदवारलाइ जिताउँन अनुरोध गरेको छ । लोकतान्त्रकि गठबन्धन सिन्धुपाल्चोकको मङ्गल बार बसेको बैठकले यस्तो अनुरोध गरेको हो । नेपाली काँग्रेस जिल्ला सभापती जङ्ग बहादुर लामा, नेकपा माओबदी सिन्धुपाल्चोकको संयोजक गोबीन्द पराजुली ,नेकपा समाजबादीका केन्द्रिय सदस्य सोम सापकोटा,जनता समाजबादी पाटी सिन्धुपाल्चोकका अध्यक्ष जगत बहादुर लामा ले सयुक्त रुपमा अपील समेत जारी गर्नु भएको छ । यस अघी काटी कार्यलयमा भएको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सदस्य बिनोद तामाङ्गले जानकारी दिनु भयो । उँहाका अनुसार नेपाली काँग्रेसको जिल्ला कार्य समितीको कार्यलय बिपी अध्ययन केन्द्र चौतारामा बसेको सयुक्त बैठकले आगामी माघ ११गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदावारलाइ बिजय गराउँन आआफ्नो स्थानबाट सबै लागी पर्ने निर्णय समेत भएको छ ।...

पैसा, समय र श्रम खर्चेर विदेशिनु बाध्यता

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, विचार
वैद्यनाथ पौडेल त्रिभुवन विमानस्थलको ‘नेपाल’ लेखिएको भित्तोमा आफन्तसँग फोटो खिचाउने हतारोमा हुनुहुन्छ २५ वर्षीय प्रदीप सुनुवार । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका सुनुवार सात वर्ष दुबई बसेपछि दुई महिने छुट्टीमा नेपाल आउनु भएको हो । छुट्टी सकाएर फेरि दुबइ जान लाग्नुभएका सुनुवारले पहिले देशमै रहँदा पनि नेपाल प्रहरी, नेपाली सेना, ब्रिटिश लाहुरे, गैरसरकारी संस्था गरी थुप्रै ठाउँमा जागिरका लागि कोसिस नगर्नुभएको होइन । तर, जहाँ जता कोसिस गरे पनि जागिर मिलेन । उहाँ भन्नुहुन्छ, ‘त्यति चाहँदा चाहँदै पनि भएन । अनि लागियो विदेश ।’दुबइको सेनामा जागिरे उहाँलाई सात वर्षपछि फर्किँदा देशमा केही परिवर्तन भएको भने लाग्यो । केही विकास भएजस्तो लाग्यो । तर, पनि सेवा, सुविधा, कमाइ, सहज जीवनका कारण उहाँलाई अहिले विदेश नै ठीक लाग्न थालेको छ ।उहाँको अब तीन वर्षको करार अवधि बाँकी छ । त्यति समय त उहाँ दुबइ नै बस्...

मानवअधिकार दिवसमा अधिकार कर्मी नाती बाबु धितालद्धारा प्रस्तुत अपिल

जिबनशैली, बिदेश, विचार
मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा मानवअधिकार कर्मी नाती बाबु धितालले एक अपिल जारी गर्नु भएको छ । उँहाले चौतारासाँगाचोकगढी नगरपालिकाद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा आफ्नो मन्तब्य राख्दै यस्तो अपिल जारी गर्नु भएको हो । उँहा द्धारा प्रस्तुत अपिल जस्ताको तस्तै ः मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा अपील मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ वर्ष पुरा भएको छ । सबैका लागि स्वतन्त्रता, समानता र न्याय भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस भव्यताका साथ विश्वभर मनाइदैछ । नेपालको सन्दर्भमा यसको मुख्य सन्देश भनेको नागरिकका लागि संवैधानिक रुपमा निर्दिष्ट गरिएका मौलिकहकहरुको निशर्त कार्यान्वयन हो र प्रत्येक व्यक्तिमा मानवअधिकारको प्रत्याभूति हुनु हो । घोषणा पत्र जारी भएको ७५ वर्षको इतिहासलाई हेर्न...