दर्शन सुनार,
सदभांव युवा समाज कतारले “दिपावली सांझ २०८१” भब्य रुपमा मनाएको छ ।”आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि” भन्ने मुल नाराका साथ समाजले “समाजसेवाको निरन्तरको लागी नेपालीहरुको महान पर्व “बिजयादशमी तथा शुभ दिपावली २०८१” को पावन अवसरमादोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक कार्यक्रम सहित “दिपावली साझं भब्य रुपमा मनाएको हो ।समाजका अध्यक्ष बिजय गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पुर्ण मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो। बिधिगत उदंघाटन सहित भगवान लक्ष्मीको पुजा आराधना गर्दै कार्यक्रम अघि बढेको थियो ।कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमकी प्रमुख अतिथी केसीले आफ्नो मन्तव्य बोल्दै दोहाको समाजमा छुट्टै खालको जुझारु समाजसामाजिक संघ संस्थाको हिसाबले कतारमा सबै भन्दा धेरै सहयोग गर्ने संस्था सदभांव समाज कतार अग्रणीको पक्तिमा रहेको बताउनु भयो ।उहाले समाजले सामाजिक कार्यमा अग्रसर रहेर निकै राम्रा कामहरु गर्दै आईरहेको बताउदै उल्लेखनीय प्रशंसा समेत गर्नु भयो । कतार बसाईमा सदंभाव परिवार भित्र दाजुभाईको एकता,आत्मियता आफुले पाएको र यो एकताले सामाजिक कार्यमा सदैब सार्थकता पाउने बिश्वास व्यक्त गर्दै शुभ दिपावलीको पावन अवसरमा सदंभाव परिवारलाई सुख, समृद्धि, उन्नति र उत्तरोतर प्रगतिको हार्दिक मगलंमय शुभकामना समेत दिनु भएको थियो।कार्यक्रममा प्रमुख अतिथी,पत्रकार समाजका संरक्षक लगायत विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजका सचिब नविन अर्यालले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गुरुङले स्थापना काल देखि नै दिपावली मनाउदै आएको र बिगतका बर्षहरुमा यस वर्ष पनि निरन्तरता दिदै कार्यक्रमको आयोजना गरेको बताउनु भयो । समाजले हरेक बर्ष सामाजिक हक र हितका लागी काम गर्दै आईरहेको र यस बर्ष पनि काठमाडौको शाखुमा रहेको महिला तथा बाल बिकास मञ्च नेपाल “माया घर” निर्मित भवनलाई आर्थिक सहयोग र सुनसरी र गुल्मी गरेर दुई जिल्लामा एक-एक बिधालयलाई सहयोग रकम पठाउने तयारी भईरहेको जानकारी दिनु भयो ।समाजले स्थापना काल देखि नै सामाजिक सद्भाव र सहयोगको निमित्त कतार तथा नेपालमा भई परि आउने समस्याहरुलाई सदैब प्राथमिकता राखेर काम गर्दै आईरहेको र आगामी दिनमा पनि थप राम्रा सामाजिक काम गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद प्रकट गर्नु भयो ।कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखा हरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सद्भाव, मानव सेवा, तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले स्थापना भएको सदंभाव युवा समाज कतारले भुकम्प पिडित,बाढी पिडित,राष्ट्रिय आविस्कार केन्द्र,मानव सेवा आश्रम लगायत दुख पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।