दर्शन सुनार र लोकप्रिय् दैनिक
दोहा,कतार
आफ्नो पन,आफ्नो पहिचानको लागि नेवारी एकता,भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकताू भन्ने मुल नाराका साथ
नेवा पुच कतारको चौथौ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार ग्रान्डमलमा अवस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि अध्यक्षमा जमुना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ,प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ,उपाध्यक्षमा सृष्टि श्रेष्ठमहासचिवमा बिकाश श्रेष्ठ,सचीवमा ओम कुमार श्रेष्ठ सचीवमा रबिन कर्माचार्यकोषाध्यक्षमाअशोक श्रेष्ठ,सह(कोषाध्यक्षमा पर्शुराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कार्यसमिति सदस्यहरुमा निरु श्रेष्ठ सरिता श्रेष्ठ,अस्मिता महर्जन,अन्जना श्रेष्ठ,राम सुन्दर श्रेष्ठ,समीर श्रेष्ठ,राम हरि श्रेष्ठदेब नारायण नगरकोटी,गंगा प्रसाद श्रेष्ठबिकाश नानिचा श्रेष्ठ, सुवर्ण कुबेर श्रेष्ठ निर्वाचित भएका छन । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण संस्थाका प्रमुख सल्लाहकार तथा चौथो अधिवेशनका निर्वाचन समिति संयोजक किशोर महर्जनले गराउनु भएको थियो ।नेवा पुच कतारका अध्यक्ष राजु महर्जनको सभापतित्व तथा आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि एन मगरको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।नेवा पुच कतारका वरिष्ठ उपाध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममापुचका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार उपेन्द्र रत्न शाक्य ले संस्थाको स्थापना काल देखि बर्तमान सम्म संस्था नेवा पुचको बारेमाबारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा सिर्जना तामाङ,सोनी तामाङ,सरिता श्रेष्ठ,सृष्टि श्रेष्ठ,रितु श्रेष्ठ,स्मृति श्रेष्ठ सरला तामाङ,एलिसा राईले आफना सांगीतिक प्रस्तुति राखेका थिए ।कार्यकाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेका सहयोगी दाताहरु, कलाकारहरु तथा महासंघमा आवद्ध रहेका मातृं संस्थाहरुलाई नेवारी परम्परा अनुसार नेपाली ढाका टोपी तथा ूगाछाू ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथी डिएन मगरले आफ्नो मन्तव्य बोल्दै देश र राष्ट्रको संस्कार र संस्कृति जोगाई राख्ने नेवारी समुदायले आफ्नै धार्मिक महत्त्व र पहिचान बोकेको बताउदै कतारमा पनि आफ्नो धर्म संस्कार,संस्कृति जोगाउन कतारमा स्थापना भएको नेवा पुचं कतारको चौधौं अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिलाई हार्दिक बधाई सगैं सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भयो ।अधिवेशनमा आदिवासी जनजाती महांसंघमा आवद्ध रहेका विभिन्न मातृं संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सगैं मन्तव्य समेत रहेको थियो । महासचिव कैलाश श्रेष्ठले सहजीकरण गरेको अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापति महर्जनले
आफ्नो कार्यकाल सफल बनाउन विभिन्न कोणबाट गर्नुहुने सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भयो ।