सम्पर्क

मौलिक रत्यौली “ फ्याट्ट पोईला“ सार्वजनिक

दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार
नेपाली गित सगिंतको बजारमा यति बेला गायक प्रवेश पौडेल र अस्मिता डल्लाकोटीको स्वरमा रहेको मौलिक पञ्चेबाजा रत्यौली “फ्याट्ट पोइला“ सार्वजनिक भएको छ । मौलिक पञ्चेबाजा रत्यौली गित बाबा ईन्टरटेन्मेन्ट टिभी युट्युब च्यानल मार्फत शुक्रबार सार्बजनिक गरीएको हो । पौडेलको शब्द र सगित रहेको गीतको संगीत संयोजन भने याम थापा मगरले गर्नुभएको हो । वान डिबी एचडी नेक्स्ट लेवल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको मास्टरिङ तथा मिक्सिङ एच बि एन किस्मतले गर्नुभएको हो ।
प्रबिन थापाले निर्देशन गरेको गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, सरोज पर्जा, सम्झना थापा क्षेत्री, धुर्ब सुवेदी,शक्ति कुमार गोदार र डल्लाकोटीको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ ।
विगत २ दशक देखी कतारलाई कर्मथलो बनाएका तिलु शर्मा पौडेलले निर्माण गरेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन भने अमृत चापागाईले सम्पादन गर्नुभएको हो । पौडेलले आफ्ना अन्य पुराना कोशेली जस्तै यसलाई पनी नि दर्शक श्रोताले मन पराउनेमा आशावादी रहेको बताउनुभयो । गितले अहिले सामाजिक सञ्जाल टिकटक तताईरहेको छ ।