दर्शन सुनार,नेपालीहरुको महान पर्वहरु दशै,तिहार,छठ, नेपाल सम्वंत११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र एनआरएनए स्थापना दिवस कतारमा एकै साथ मनाईएको छ ।गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वय तथा कतारमा स्थापित ५४ वटा विभिन्न संघ-संस्थाको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४” कतारको सहानिया स्थित अल दोसरी गार्डेनमा भब्य रुपमा मनाईएको हो गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राज दूतावास कतारका कार्यवाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।बिधिगत रुपमा दिप प्रज्वलन गरेर उदंघाटन गरिएको कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य सहित राष्ट्रिय चाडपर्वहरुको बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा थारु कल्याणकारी सभा च्याप्टर,नेपाली महिला समाज कतार,म्याग्दी प्रवासी संघ मोना कतार, नेपाल मगर संघ शाखा कतार लगायत अन्य संघ संस्थाहरुले समेत राष्ट्र र राष्ट्रियता झल्काउने, सामुहिक नृत्य,एकल नृत्य,मौलिक देउसी भैलो, मारुनी सोरठी,लगायत ,हुर्रा सामुहिक नाच पेश गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न विशिष्ट ब्यक्तित्वहरुले एनआरएनए दिवसको अवसरमा मन्तव्य राखेका थिए। कतारमा रहेका एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो एकल नृत्य,सामुहिक नृत्य तथा गायनमा प्रस्तुति दिएका थिए ।कार्यक्रमका प्रमुख अतिथी राईले आफ्नो मन्तव्य बोल्दै नेपाल जातिय हिसाबले, भौगोलिक हिसाबले साँस्कृतिक हिसाबले भरिपुर्ण भएको मुलुकका हामी नेपाली अनेकतामा एकता हाम्रो राष्ट्रको पहिचान रहेको र हाम्रो राष्ट्रियता,हाम्रो धर्म,हाम्रो संस्कृतिलाई जोगाई राख्न कतारमा रहेका सबै नेपालीहरु एकै ठाउमा भेला भएर हाम्रा राष्ट्रिय चाडहरु एकै साथ मनाउन एक्यवद्धता भएर अगाडी बढन समेत आग्रह गर्नु भयो । उहाँले
कतारमा रहेका सबै नेपालीहरुलाई एउटै छाना मुनि राखेर राष्ट्रिय चाडबाड मनाउने ब्यवस्थापन गर्ने एनसिसी कतारलाई धन्यवाद ज्ञापन गर्दै कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभ दिपावलीको पावन अवसरमा शुभकामना समेत व्यक्त गर्नु भयो ।एनसिसी कतारका सचिब रबिन मगर र सन्तोष क्षेत्रीले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रवासमा रहेका नेपालीहरुलाई एकै ठाउमा राखेर हाम्रा राष्ट्रिय चाडपर्वहरु हर्षोउल्लासका साथ एकै ठाउमा मनाउन एनसिसी कतारले गरेको पहललाई साथ दिएर आयोजकको रुपमा रहेका ५४ वटा संघ-संस्थालाई हार्दिक आभार प्रकट गर्नु भयो । कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै शुभ दिपावालीको अवसरमा कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सु-स्वास्थ दिर्घायु तथा उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।कार्यक्रममा कतारमा स्थापित बैचारिक सगंठन,प्रदेश समन्वय,विभिन्न मातृसंस्थाहरु,सामाजिक संघ-संस्थाहरु
आयोजकको रुपमा रहेका संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,समाजसेवी बुद्धिजीवी, बिशिष्ट ब्यक्तित्वहरु सगै कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।