सम्पर्क

खेलकुद

मेलम्चीमा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम दुर्गाको अध्यक्षतामा शाखा गठन

मेलम्चीमा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम दुर्गाको अध्यक्षतामा शाखा गठन

कृषि, खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । क्याच एण्ड सर्व बल नेपालले देशभर संस्था विस्तार गर्ने उद्देश्यसहित यो कार्यक्रम मेलम्चीमा गरेको हो ।संस्थाको अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा क्याच एण्ड सर्व बल खेलको परिचय, यसको महत्व तथा नेपालभर खेलको विकास र संस्थागत विस्तारका विषयमा जानकारी गराइएको थियो। सहभागीहरूलाई खेलको व्यावहारिक अभ्यास गराउन डेमो प्रदर्शनी समेत गरिएको थियो। प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नयाँ तथा सिर्जनात्मक खेलकुद गतिविधिले जुनसुकै पुस्तामा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकास गर्न महत्वप...
नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

नेता बस्नेतद्धारा गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउनेप्रतिबद्धता सहीत तत्काल एक लाख दिने घोषणा

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, शिक्षा, समाचार, स्वास्थ्य
  नेपाली कांग्रेसका नेता पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले मुगु जिल्लाका स्व गणेश नेपालीकी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ । बस्नेतले आत्मदाह गरेको मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्व गणेश नेपाली प्रती श्रद्धान्जली ब्यक्त गर्र्दै नेपालीको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भयो । उँहाले नेपालीको परिबारलाइ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बस्नेतले आत्मदाह गरेका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म आफुले पढाई दिने बताउँनु भयो । ‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रु...
सिन्धुपाल्चोकलाई गर्व छ

सिन्धुपाल्चोकलाई गर्व छ

खेलकुद, मनोरन्जन, विचार, साहित्य
  मत सायद। जन्मेकै थिएन तिमि त सिन्धुपाल्चोक पूगेछौं । गाउॅले ले भन्थे मलाई मादल औधी मिठो बजाउथ्यौ रे १ फुल्पिङ डाडाकै काखमा थकाई सुस्ताएर झ्याउरे गीत गाएका थियौ रे १ खहरे खोलाको कलकल तरङ्गमा तिमी बेस्सरी हाँसेका थियौ रे १ अली तल झरेर उकाली चढेपछि अर्को बास नबस्दै आमाको न्यानो मायाको साथ अंजुली भरिको मकै र आलु आफ्ना सहयात्रीहरुलाई बाँडेर तिमी त्यसै अघाएका थियौ रे १ म पुग्नु अगाबै तिमी हाम्रो गाऊँ निबुवाबोटे पुगेको कुरा मैले पछि सबै सुने निबुवाबोटेको माटो अभै तिम्रो त्यो पाईलाको माटो पाएर फुल्पिङ डॉडा र सिन्धुपाल्चोक्लाई गर्व छ । सिन्धुपाल्चोकलाई गर्व छ ।। सुमन गुरुङ बलेफी गाउँपालिका (४ सिन्धुपाल्चोक हाल ( कपन काठमाडौ ,नेपाल...
चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  डेंगी संक्रमण रोक्न सचेतना अभियान अन्तर्गत चौतारामा बिभिन्न कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा चौतारामा ‘खोज र नष्ट गर’ अभियान, अभिमुखिकरण सँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कुनै पनि रोगलाई सानो सोच्न नहुने बताउदै जनचेतना टोलटोलमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो । डेंगी सार...
टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाका लोकप्रिय नेता पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेत लाई दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा बिशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उहाँहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको जनइएको छ । उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा ...
नागरिक जागरण केन्द्रको महानगरीय स्तरीय अभिमुखीकरण गोस्टी काठमाण्डौमा

नागरिक जागरण केन्द्रको महानगरीय स्तरीय अभिमुखीकरण गोस्टी काठमाण्डौमा

खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
  सुमन गुरुङ्ग, समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर स्तरिय गोष्टी काठमाण्डौमा भएको छ । काठमाडौ महानगर पालिका र नागरिक जागरण केन्द्र नेपालको सयुक्त आयोजनामा समतामुलक तथा समाबेशी बिकाशका लागि क्षमता अभिबृद्धी एवं नागरिक सशक्तीकरण बिषयक महानगर पालिका स्तरीय १ दिवशीय अभिमुखीकरण कार्यशाला गोष्ठी काठमाडौ जील्ला समन्वय समितिको सभाहल भवनमा सु–सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मा.देवराज बिश्वकर्मा (अध्यक्ष रास्ट्रीय दलित आयोग ) , बिशिस्ट अतिथीहरु मा.सावित्री कुमारी शर्मा (सदस्य रास्टीय महिला आयोग), मा. पुस्पराज तिमल्सिना (सदस्य रास्ट्रीय समाबेसी आयोग ), अतिथिहरुमा रामकुमार केसी (सयोजक सामाजीक समिति का.म.न.पा ),अधिवक्ता गङगा भेटवाल, सागर रिमाल रास्वपा नेता ,भरत गुरुङ (रास्वपा बागमती प्रदेश सदस्य)निमा वाङ्चेन लामा रास्वपा सिन्धुपाल्चोक...
अग्रज व्यक्तित्वहरू सिन अग्रज व्यक्तित्वहरूको सम्मान स्वरुप स्व.लालबहादुर खातीकोसालिक अनावरणको सम्मानमा चौतारा–१४ मा सालिक अनावरण

अग्रज व्यक्तित्वहरू सिन अग्रज व्यक्तित्वहरूको सम्मान स्वरुप स्व.लालबहादुर खातीकोसालिक अनावरणको सम्मानमा चौतारा–१४ मा सालिक अनावरण

अन्तर्वाता, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । असार १४ गते चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा गाउँका अग्रज तथा ख्यातिप्राप्त पुर्खाहरूको सम्झनामा सालिक स्थापना तथा अनावरण कार्यक्रम गरिएको छ। स्व लालबहादुर खातीको सालिक अनाबरण गरेर उक्त कार्यको शुभारम्भ गरिएको हो । राष्ट्रीय बृक्ष रोपण दिबशको अबशर पारेर जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत कार्यक्रमका अबशरमा सालिक अनाबरण गरिएको हो ।  स्थानीय समाजसेवी नेत्रबहादुर बस्नेतको विशेष पहल सक्रियता र समन्वयमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष उद्वव नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै डिभीजनल बन अधिकृत ओम सागर भण्डारी ’जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ का संयोजक गोविन्द चौलागाईं, नेपाल बार एसोसिएसन जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्रबहादुर तामाङ लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा गाउँको इतिहा...
बाह्र्बिसेका ४० अपाङ्गलाइ बाख्रा बितरण

बाह्र्बिसेका ४० अपाङ्गलाइ बाख्रा बितरण

कृषि, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले अपाङ्गता भएका त्यस मध्य पनी आय कम भएका ब्यक्तीहरुलाइ जिवीकोपार्जनमका लागी बाख्रा बितरण गरेको छ । बाह्रबिसे नगर पालिकाका उपप्रमुख मन्जु तामाङले बाह्रबिसे नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका ख,ग,र घ बर्गको४०जनालाइ बाख्रा बितरण गर्नु भएको हो । नगरपालिका भित्रका ख,ग,घको परिचय पत्र लिएका र त्यस मध्य पनी अती कम आय भएका हरुलाइ छनौट ब्यक्तिलाइ नगरपालिकाको आन्तरिक श्रोत बाटा ४० जनालाइ बाख्रा वितरण र प्रदेशको सशर्त बजेट बाटा ३६ जनालाइ कुखुरा दाना र भिटामिन सहित औषधि र अपाङ्गता भएका व्यक्ति लाइ गाडि भाडा सहित व्यवस्था गरिएको थियो। उक्त कार्यक्रम बाहबिसे नगर उपप्रमुख मन्जु तामाङ को प्रमुख अतिथि मा कार्यक्रम सम्पन्न भएको हो ।  ...
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम चौतारामा

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम चौतारामा

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
अन्तर्राष्ट्रिय लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसार विरुद्धको दिवस २०२६ को अवसरमा सिन्धुपाल्चोकमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागितामा चौतारामा प्रभातफेरी आयोजना गरिएको हो।“समुदाय–प्रहरी साझेदारी ः लागूऔषध दुव्र्यसनविरुद्ध हाम्रो साझा प्रतिबद्धता“ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले लागूऔषध दुव्र्यसन नियन्त्रण, अवैध ओसारपसार रोकथाम तथा युवापुस्तालाई कुलतबाट जोगाउन जनचेतना फैलाउने सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।कार्यक्रममा बोल्ने वक्ताहरूले लागूऔषध दुव्र्यसन समाज, परिवार र राष्ट्रकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा निकाय, अभिभावक,...
ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, शिक्षा, समाचार
 ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण Himalayan Growth Minds का सहजकर्ता तनुजा बस्नेतले गरेका थिए । कार्यक्रममा रेष्टले हालसम्म गरेका कार्यक्रम, समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशाबारे विस्तृत जानकारी गराइएको थियो। विसं २०४९ सालमा स्थापना भएको रेष्टले हाल देशका १४ जिल्लामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ। संस्थामार्फत हालसम्म २८ हजारभन्दा बढी विद्यार्थीले सहयोग प्राप्त गरिसकेका छन्। जोखिममा परेका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अधिकारको संरक्षणका लागि संस्था निरन्तर क्रियाशील रहँदै आएको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय योगदान पुर्‍याएको जानकारी दिइयो। रेष्टले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा हाल १ हजार १५ जना विद्य...