‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन सम्पन्न
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गर्दै श्रदान्जली अर्पण गरिउको थियो । सस्थाका सचिव प्रकाश शर्माले आमन्त्रीतहरुलाइ खादा द्वारा सम्मान गर्नु भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी वरिष्ठ चलचित्र नि...
