मेलचौर युवा जागरण समाजको पुरस्कार सुनकोसी की धार्पा लाइ ?
सिन्धुपाल्चोकजिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर खेल मैदानमा भइ रहेको चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामासुनकोसी बी र धार्पा युवा क्लब मध्य एकले११५५५५नगद सहीत चौथो संस्करणको मालिकादेवी कपमा उपाधि पाउँने भएको छ ।तर दुइ मध्य कसले पाउँछ भन्ने बिषयमा चाही फाइनल खेल पछी मात्र जानकारी पाइने छ । मेलचौर युवा जागरण समाजको अयोजनामा भएको खेलमा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिन लागेको हो । प्रतियोगितामा विभिन्न २१ टोलीले सहभागिता जनाएको जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार यो संस्करणमा पूर्वेली क्लव झापाको राई ब्याइजले समेत भाग लिएको छ ।मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार भएका सेमिफाइनलक खेल जित्दै सुनकोसी र धार्पाले उपाधि भिडन्त पक्का गरेका हुन् ।...
