सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले चौथो भोटेकोशी कप प्रतियोगिता सम्पन्न गरेको छ । ११११११ रुपैयाँ राशीको पुरस्कार राखेर गरिएको प्रतियोगिता सुनखानी युवा क्लबले जितेको हो । भोटेकोशी गाउँपालिका वडा नं. ४ सुनखानीस्थित खेल मैदानमा बिहिबारदेखी सुरु भएको फाइनल खेलमा सुनखानी युवा क्लब र बाक्चेनFC बिच भिडन्त भएको थियो । बाक्चेनFC लाई १ गोलले हराउँदै सुनखानी युवा क्लब च्याम्पियन बनेको बिकास प्रधानले जानकारी दिनु भयो । । खेलमा सुनखानी युवाक्लबले २ गोल हानेको थियो भने बाक्चेनFC ले १ गोल मात्रै हानेको थियो । यसैगरी प्रतियोगितामा सुनखानी युवा क्लबका उत्कृष्ट खेलाडी भिम गुरुङ, शीर्ष स्कोरर सागर तामाङ, उत्कृष्ट गोलकिपर नविन सिलवाल, स्थानीय उत्कृष्ट खेलाडि छिरिङ शेर्पाले अवार्ड हात पार्न सफल भएको छ ।सम्बृद्धिको लागि फुटबल दक्ष र अनुसाशित खेलाडि उल्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ भोटेकोशी गाउँपालिकाको आयोजनामा चौथो भोटेकोशी २०८१ कार्तिक ११ आईतबारदेखी सुरु भएर प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । भोटेकोशी गाउँपालिकाको प्रायोजक तथा भोटेकोशी खेदकुद विकास संघको सहकार्य र सुनकोशी युवा क्लबको आयोजनामा उक्त खेल भएको थियो । उक्त प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाले विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई मेडल प्रमाण पत्र हस्तास्तरण गर्नुभएको थियो । पुरस्कार बितरण गर्दै अध्यक्ष शेर्पाले देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित र स्वस्थ शरीर, स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्नपुग्छ भन्नुहुँदै खेलबिकासका लागी आफु र पालिकाको तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउँनु भयो ।भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाको प्रमुख आतिथ्यतामा चौथो भोटेकोशी कप प्रतियोगिताको उद्घाटन गरिएको थियो । पहिलो खेल जन–प्रतिनिधि तथा कर्मचारी बीच भएको थियो । जम्मा १३ समुहले खेलमा भाग लिएको थियो भने शुरुमा जन प्रतीनिधी र कर्मचारी बिच प्रतिस्पर्धाबाट खेल उद्धघाटन भएको र क्लबहरु बिच प्रतिस्पर्धा हुँदै खेल समापन भएको थियो । कर्मचारी र जनप्रतिनिधीहरु बिचको प्रतिस्पर्धामा जन तिनिधीहरुले जितेको थियो भने क्लबहरुको प्रतिस्पर्धामा सुनखानी ले जितेको सुनखानी युवा क्लबका सल्लाहाकार पुर्ब अध्यक्ष मोहन प्रधानले जानकारी दिनु भयो । –
फोटोपेम्लामु शेर्पाबाट