अन्तर्वार्ता : प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा यस दिवसले दिन सकोस् भन्ने अपेक्षा रहेको छ । आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ । मि...
