सम्पर्क

जिल्लाको बिकास नै राप्रपाले जित्ने मुल आधारहो ःकुमारीतामागं

राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक २ न क्षेत्रका क्षेत्रीय अध्यक्ष कुमारी तामाङले सिन्धुपाल्चोकको बिकासका लागी राप्रपाले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले तामाङ सँग गरेको छोटो कुराकानीको अशं

१ आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ?
आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार हरुलाई जिताउँन लागी परेका छौ । म पाटीको क्षेत्रीय अध्यक्ष समेत भएका कारण पाटीको निर्देशन अनुसार राप्रपाका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल पाटीका उम्मेद्वारहरुलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाटीको निर्देशनलाई पालना गर्न गराउँनका लागी यस क्षेत्रका सबै साथीहरुलाई सक्रीय गराउँदै प्रचार प्रसारमा लागेको छु । हामी शान्तपुर्ण निर्वाचन सम्पन्न गराएर राप्रपालाई जिताउँन लागी परेका छौ
२ सिन्धुपाल्चोक जिल्ला कसले जित्ला ?
म पाटीको जिम्मेवार कार्यकर्ता भएको नाताले पनि पाटीका सबै तहका साथीहरुलाई राप्रपाका पुर्ब केन्द्रीय अध्यक्ष पशुपती शमसेर ले संघीय समानुपातीकमा र म प्रदेस सभाको समानुपातीका उम्मेद्वार हो । यसका साथै प्रत्यक्ष तर्फ को क्षेत्र नं १मा नारायण जंग पाण्डे प्रदेस सभामा निर्मला श्रेष्ठ र दिपकथापा प्रतिािधीसभा क्षेत्र नं २मा गोपाल श्रेष्ठप्रदेस सभामा बाबुराम खड्का गोबीन्द गुरुग. लाइ अत्याधिक मत दिएर उम्मेदवार सबैलाई जिताउँन लागी पर्न आग्रह गर्दछु । यो जिल्ला बिकासका लागी मतदाताहरुले राप्रपालाइ मत दिने छन र राप्रपाको उम्मेदवाहरुले नै जित्नुहुन्छ । किनभने राप्रपा सँग स्पष्ट दृष्टिकोण छ । भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो भनेर कसम खाँदै निर्वाचनमा होमीएको हाम्रो पाटीका उम्मेद्वारहरु जनताको यथावत समस्याहरुलाई सम्बोधन गर्नका सक्षम रहेका कारण राप्रपाले जित्नेमा ढुक्क छु ।
३ राप्रपाले जित्ने आधारहरु के के हुन त ?
अब देशको बलियो शक्ति राप्रपा मात्र भएको छ ।राष्ट्रलाई जोगाउने एजेण्डा राप्रपा सँग मात्र छ । देशमा भएका अन्य दलहरु आन्तरिक स्वार्थको दलदलमा फसेको ठुला दल भन्नेहरुले देशको विकासका लागि कुनैपनि योजना ल्याउान सकेका छैनन । बिगतमा पशुपति शमशेर राणाले गरेको विकासकोे काम हेरेर पनी यँहाका मतदाताले मत दिने छन र राप्रपाले जित्ने छ । मैले भनी रहन परेन आजभन्दा अघि चुनाव जितेका हरुले केहि काम नगरेको कारण अब विकास गर्ने जिम्मा राप्रपाको काँधमा आएको छ ।
४ राप्रपा ले एमाले सँग तालमेल गरेको भन्ने हल्ला छ नी वास्तविकता के हो त?
यो हल्ला मात्र हो हामीले हरेक पाटीहरुको बिचमा भएको तालमेल हेरेका छौ हामीले पनी गत निर्वाचनमा तालमेल गरेकै हो तालमेल गर्नु भन्दा एक्लै चुनाव लडदा जनतामाझ स्पष्ट योजना लिएर जान पाइने र जित निश्चीत हुने हँुदा पनी हाी एमाले मात्र होइन कुनै पनी पाटी सँग तालमेल नगरी चुनावमा भाग लिएका छौ ।
अन्तमा तपाईको भनाइ के रहेको छ ?
मैले भन्न पर्ने कुरा तपाइको लोकप्रिय समाचार माध्यम मार्फत आगामी मंसीर ४ गतेको निर्वाचनमा राप्रपाका उम्मेदवारहरुलाई बिजय गराउँन सिन्धुबासीमा हार्र्दीक अनुरोध गर्दछु । र निर्वाचनको सन्दर्भमा मेरो केहि बिचार राख्न दिनुभएकोमा लोकप्रिय समाचारलाइ धन्यबाद दिन चाहान्छु ।