सम्पर्क

जिबनशैली

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
लमजुङ, २६ असोजः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा आज टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गर्नुभयो । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उहाँले ...

आलेख – विपद्मा काभ्रे : अधिक मानवीय तथा संरचनामा क्षति

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, २५ असोज : गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो । स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो । जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए । यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो । यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । जिल्लामा करिब १० हजार परिवार ...

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
गोरखा, २४ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भ्यिाइएको उहाँले बताउनुभयो । गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेको फूलपाती लिन दसैँघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासीलगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए । ‘‘गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भ्यिाइएको हो”, मूलपुजारी भट्टराईले भन्नुभयो । फूलपाती भ्यिाउनु पूर्व गोरखा दरबारदेखि मङ...

संस्कृति‘बढम बाबा झिझिरी पर होइयौ ने सहाय: प्राचीन झिझिया नाच कसरी बन्यो मिथिला संस्कृतिको पहिचान

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २४ असोज: झिझिया एक प्राचीन लोकनाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ । नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैँको बेला नाचिने झिझिया नाच प्रत्येक वर्ष महोत्वसको रुपमा सञ्चानल हुनथालेपछि यसको लोकप्रियता झनै चुलिएको हो । सांस्कृतिविदहरुले यसलाई तन्त्रविधि अनुसार नाचिने नाच भने पनि वास्तवमा यसबारे कुनै ठोस् प्रमाण उपलब्ध छैन । संस्कृतिविद् एवं साहित्यकार रेवतीरमण लालकाअनुसार झिझिया मिथिला क्षेत्रको सांस्कृतिक लोक नृत्य हो । यो नाच विशेष रूपमा विजयादशमीको समयमा प्रदर्शन गरिन्छ । पूर्वमा उक्त नाचदेवी भवानीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार र बालबच्चालाई बोक्सी, कथित कालोजादू तथा नकारात्मक ऊर्जाहरुबाट जोगाउनको लागि गरिन्थ्यो । रङ्गकर्मी, सिनेकलाकार एवं साहित्यकार रमेशरञ्जन भन्नुहुन्छ, “दसैँमा दुर्गाभवानीको प्रतिष्ठान गरिन्थ्यो । प्राचीन कालखण्डमा त्यस्तै कुनै अनुष्...

क्षत्री समाजको सागिंतिक प्रस्तुतिका लागि चर्चित दोहोरी गायिका सम्झना भन्डारी कतारमा 

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
दर्शन सुनार / कतार क्षत्री समाज नेपाल "कतार शाखाले आयोजनामा  शुक्रबार हुन लागेको "बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार दोहा आईपुग्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी बुधबार राती कतार आईपुग्नु भएको हो ।अतिथि कलाकारलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव,कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमान स्थल पुग्नु भएको थियो ।" राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम  "राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ" गर्न...

लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने बस्नेतलाइ शेर्पाको धन्यबाद

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतको आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।हालैको बाढीबाट क्षति भएको भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो।“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयो। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथ...

गृहमन्त्री लेखकद्धारा राहत बितरणमा ढिलाई नगर्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
गृहमन्त्री माननीय रमेश लेखकले बिपद कतिखेर आउँछ थाहा हुँदैन, बिपदबाट पर्न सक्ने असरलाई रोकथाम गर्न र कुनै ठाउँमा परेको बिपदका कारण समस्यामा परेकालाई तत्काल उद्धार गरि राहतमा ढिलाई नगर्न मातहतकालाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाढि प्रभावित क्षेत्रको अवस्थामा बारेमा जानकारी लिन सिन्धुपाल्चोक आइपुग्नु भएका मन्त्री लेखकले जिल्ला बिपद व्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री लेखकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र बिपद ग्रस्त पालिका घोषणा भएको भएपनि अरु गाउँपालिकाहरुमा पनि बिपदका कारण धेरै क्षती भएकाले अरु पालिकालाई पनि सिफरिस भई आए अनुसार घोषणा गर्ने प्रकृया अगाडी बढाउँने बताउँनु भयो । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको हुँदा “पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले छिट्...

हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झनु पर्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  नमुना बिश्वकर्मा बाह्रबिसे, हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झन पर्ने बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा प्रहरी चेकपोष्ट खुर्सानीबारीमा शनिबार भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले उक्त भनाई राख्नुभएको हो । बस्नेतले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने भनाईलाई मनन गर्र्दै सवारी साधन चलाउन समेत अनुरोध गर्नुभयो । उहाँले जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिस्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले यस तर्फ सवारी चालकले ध्यान दिन पर्ने कुरामा जोड दिनुभयो । उँहा...

भोटेकोशी नदी लार्चामा ह्युम पाईप द्वारा मोटर बाटो सञ्चालनमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डको भोटेकोशी नदी लार्चामा ह्युम पाईपद्वारा मोटर बाटो शनिबार देखि पुर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतको नेतृत्वमा भोटेकोशी गाउँपालिका, सरकारी निकायहरु, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार लगायतको पहलमा बाटो सञ्चालनमा आएको हो । ११ र १२ गतेको बर्षको कारण आफ्नो पालिका र राजधानी बिचको सम्पर्क टुटेपछी फोनको सम्पर्क समेत नभइरहेको अबस्थामा खालाको किनारमा आँफै बसेर भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा सहीतको टोलीले रातदिन खटेर अस्थायी रुपमा बाटो सुचारु ग्र्न सफल भएको मा बिशेष धन्यबाद दिदै पुबै मन्त्री बस्नेतले चाडबाडका बेला यातायातका कारण कसैलाई पनि कुनैपनी समस्या नपरोस भन्नुभयो । बाटो सञ्चालनमा आए पछी भोटेकोसी गाँउपालिकाका अध्यक्ष शेर्पाले यस कार्यत...