सम्पर्क

जिबनशैली

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

जिबनशैली, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ?नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा मौद्रिक नीति कुनै अमूर्त दस्तावेज होइन । यो वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण, ब्याजदर व्यवस्थापन, रोजगारी सिर्जना र समग्र लगानी वातावरणलाई प्रभाव पार्ने नीतिगत औजार हो । तर हालसम्मको अभ्यासले मौद्रिक नीतिको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।विनिमय दर भारतीय रुपैयाँसँग स्थिर (पेग) भएको अवस्थामा नेपालले स्वतन्त्र मौद्रिक नीति सञ्चालन गर्न सक्दैन । यो संरचना परिवर्तन नगरेसम्म मौद्रिक नीतिको कक्षा सीमित नै रहनेछ । आर्थिक संरचना पनि असन्तुलित छ आयात अत्यधिक, ...
वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
असार ४, केके मानन्धर । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य; वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।  यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र...

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
१ असार, काठमाडौं। राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए । उनले भने, ' विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं। जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ। ‘ अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँच...

बागमती प्रदेशसरकारको ६७ अर्बको बजेटमा को कुन मन्त्रालयलाई कति?६७ अर्बको बजेट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार राती आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७अरबको बजेट प्रस्तुत गर्नु भएको हो । दिउसो ३बजे बजेट प्रस्तुत गर्नै भनीउको भउता पनी मनत्रालयका सचिबले बजेट बनाउँदा मन्त्री सँग सल्लाह नगरी एकलौटी बजेट निर्माण गरेको भन्दै बिबाद भए पछी बजेट प्रस्तुत गर्न राती भएको बताइएको छ । कुल विनियोजनमध्ये ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ जुन कुल बजेटको ६१.४० प्रतिशत हो। चालु खर्चतर्फ भने २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८.६० प्रतिशत विनियोजन गरिएको छ।मन्त्री काफ्लेले आर्थिक वृद्धिसँगै सेवा प्रवाहको प्रभावकारिता र दिगोपनामा बजेटले टेवा पु¥याउने बताउँनु भयो ।बजेट कार्यान्वयनका लागि सरकारले कर तथा गैरकर स्रोतबाट आम्दानीको खाका ...

त्रिपुरासुन्दरी गाउँपालिका पूर्ण खोप तथा दिगोपनाको घोषणा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, जेठ २९ — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको ६ वटै वडा तथा पालिका लाई पूर्ण खोप तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्षहरू, जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाट, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थित रहेको थियो। स्वास्थ्य शाखा प्रमुख शाहले पालिकाभित्र १५ महिनामुनिका सम्पूर्ण बालबालिकाले नियमित खोप प्राप्त गरिसकेको जानकारी दिनुभयो। खोप कार्यक्रमको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यमा विभिन्न पहलहरू अघि बढाइने बताउनुभयो। अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै, स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल...

काउन्सिलका नवनियुक्त सदस्यहरूको स्वागत.

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।  नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ ...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबु...

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
इनरुवा (सुनसरी) अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी...
राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ । मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही...

सिन्धुपाल्चोकको सुनकोशी–७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
स्थानीय किशोरीहरूलाई आत्मरक्षा विषयमा सशक्त बनाउने उद्देश्यले सुनकोशी गाउँपालिका–७ मा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती युवा परिषद्को आयोजनामा सम्पन्न तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका ४० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा सेतीदेवी शारदा माध्यमिक विद्यालय, जालपा माध्यमिक विद्यालय कोठे र सुनकोशी क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । आत्मरक्षाका विभिन्न व्यवहारिक सीपहरू प्रदान गरिएको सो तालिममा प्रशिक्षक पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिनुभएको थियो । सुनकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले तालिमको उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष तिमल्सिनाका अनुसार यस्ता तालिमहरू किशोरीहरूलाई आत्मनिर्भर, सुरक्षित र आत्मविश्वासी बनाउने दिशातर्फ एक सकारात्मक कदम हुन् । तालिममा सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी ...