चिनियाँ कोमिन्ताङ पार्टीको नियति भोग्दै हो कांग्रेस ?
सुदर्शन आचार्य
सिँगापुर बसेर दिइएको निर्देशनमा अरुकै एजेण्डाका पछाडि लागेर विघटित सांसदको हस्ताक्षरमै लाग्ने हो भने ‘प्रजापरिषद्’ बन्नबाट कांग्रेसलाई कसैले रोक्न सक्दैन,ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसमा आज ‘पार्टी रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाको आन्तरिक बहसले बाँकी मुलुकका एजेण्डा नै ओझेलमा पारिदिएको छ ।‘जेनजी विद्रोह’ पश्चात उपचारका नाममा पार्टीका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सिँगापुर उडे लगत्तैदेखि महाधिवेशनको ‘मिति र प्रकृति’मा अल्झिएको कांग्रेसले समग्र मुलुकको परिस्थीतिका बारे बहसकेन्द्रीत गर्नै सकेन !
पार्टीका महामन्त्री गगनकुमार थापाले १८ कात्तिकमा १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दे भनेका थिए – महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीलाई प्रश्नैप्रश्नले घेर्छ । तसर्थ, हामी जवाफ लिएर जनताम...








