निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य
निर्मल बस्नेत
११ फागुन, चौतारा ।फागुन २१ को प्रतिनिधी सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सुरक्षाको सम्पूर्ण रुपले तयारी पुरा भएको छ । उक्त कुराको जानकारी गराउदै जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्य रहेको बताउँनु भयो ।सोमबार जिल्लाका सम्पुर्ण सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा भएको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ अधिकारी उक्त कुरा बताउँनु भएको हो ।उहाँका अनुसार २ वटा अस्थाई समेत जिल्लाको ६ सय २३ वटा मतदान केन्द्रमा ३ हजार ८ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ । जिल्लाको ७७ केन्द्र सामान्य , ६३ संवेदनसिल र ६ मतदान केन्द्र भने अति संवेदनसील तथ्याङ्क सार्वजनिक गरेका हुन् । यसलाई मध्यनजर गरि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी ...








