बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७९ लागु
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागु गरिएको हो ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर ...
