सम्पर्क

जिबनशैली

स्वस्थ जीवनशैलीका ९ सुत्र

जिबनशैली
स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्: १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ। २. पानी : पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो। पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्...

शिक्षक अस्पतालका लागि जग्गा ः समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
माघ ५ गते, काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहे...

इर्खुमा आदिवासी जनजाति को एक दिने प्रशिक्षण कार्यक्रम

जिबनशैली, समाचार
आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा परम्परागत अभ्यासबाट अभिभावक, महिला, किशोरीहरुमा पर्ने असरबारे १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुस २४ गते शनीबार चौतारा साँगाचोक गढि नगरपालिका वडा नं ८ इर्खु मा उक्त कार्यक्रम भएको हो । सञ्चालित कार्यक्रममा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपालचोक का अध्यक्ष पानमाया तामाङ्गको सभाध्यक्ष, अतिथि प्रहरी कार्यालयका ईन्चार्ज तारामणि श्रेष्ठ, लालकुमार सिवाकोटी , आदिवासी जनजाति महिलानगर सञ्जालका अध्यक्ष आशा तामाङ , चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ८ इर्खुमा गठन गरिएको श्री सृजनशील किशोर किशोरी समूहका संयोजक, स्वयंसेवक ,अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत अभ्यासबाट महिला किशोरीहरुमा पर्ने असरबारे अध्यक्ष पानमाया तामाङ्ग ले प्रशिक्षण दिनु भएको थियो । जसमा महिला को भुमिका ,महिला अधिकारको पृष्ठभूम...

बनदेबीमा बिब्यस गठनको माग

Uncategorized, जिबनशैली, समाचार
बिद्यालय ब्यबस्थापान समिती को म्याद सकिदा पनी बिद्यालय ब्यबस्थापन समिती गठन नगरेको , बिद्यालयको शिक्षाको गुण स्तरमा कमी आएको बिद्यालय का कार्यक्रम तथा गतिबिधी हरुमा राजनिती दल तथा सरोकारवालाहरुलाइ वास्था जगरेको भन्दै बनदेबी माध्यमिक बिद्यालय प्रशासनलाइ ध्यानकर्षण गराइएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका वडा न ं ५मा रहेको बनदेबी माध्यमिक बिद्यालयमा तत्काल बिद्यालय ब्यबस्थापन समितीको गठन गर्नका लागी नेकपा एमाले।नेपाली काँगे्रस। र राप्रपाले संयुक्त माग गरेका छन । नेकपा एमाले वडा कमिटीका अध्यक्ष भक्तलाल श्रेष्ट,नेपाली काँग्रेसका वडा सभापती ठाकुर श्रेष्ठ र राप्रपा वडा अध्यक्ष केशब श्रेष्ठले संयुक्त रुपमा ध्यानकर्षण पत्र बुझाएका हुन ।...

ठुलो सिरुवारी साना किसान सहकारीको साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३ मा रहेको ठुलो सिरुवारि साना किसान कृषि सहकारि सस्थाको तेश्रो साधरण सभा शनीवार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ का वडा अध्यक्ष एवँ नगर सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतमले मैन बत्ति बालेर साधरण सभाको उद्घाटन गर्नुभएको थियो । साधरण सभाको उद्घाटन गर्दै गौतमले बर्तमान समयमा सहकारी क्षेत्रको बिकासका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उँहाले सहकारीका माध्यमबाट गरेका हरेक कार्यक्रमहरु सफलतातिर अगाडि बढेको बताउँदै ठुलो सिरुवारिमा भएको ठुलो सिरुवारी साना किसान कृषी सहकारी सँस्थाले ठुलो सिरुवारिकै पहिचान बोकेर कामगरिरहेको बताउनुभयो । उँहाले सहकारीहरु धेरै भएतापनी ठुलो सिरुवारीमा चार वटा सहकारी सक्रीय रहेको पाइएको हुँदा निष्क्रीय रहेका सहकारीहरुलाई पनी समेटेर एकिकृत गर्दै स...

खानामा फाइबर बढाउने उपाय

जिबनशैली
वनस्पति स्रोतबाट मात्र प्राप्त हुने रेसायुक्त पदार्थलाई फाइबर भनिन्छ। अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ। हुन त यो काब्रोहाइड्रेटको एक प्रकार हो र पोलिस्याकराइड अन्तर्गत पर्छ। काब्रोहाइडे«टलाई स्याकराइड पनि भनिन्छ। साधारणतया  फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मदत गर्छ। भोजनमा फाइबरको विशेष महत्व छ। यसको पाचन तथा शोषण शरीरभित्र नभएपनि यसलाई खानाको रुपमा लिइन्छ। हुन त १ ग्राम काब्रोहाइडे«टबाट ४ क्यालोरी शक्ति प्राप्त हुन्छ। फाइबर शरीरभित्र पाचन  नै नभईकन बाहिर निस्कने भएकाले यो काब्रोहाइडे«टको एक प्रकार भएपनि यसबाट शक्ति पाउन सकिँदैन। त्यसकारण साधारण अवस्थाबाहेक कम क्यालोरी भएको भोजन योजना गर्दा फाइबर भएको खाद्यवस्तु सामावेश गर्न नितान्त आवश्यक आवश्यक छ। भोजनमा समावेश गरिएको फाइबरले शक्ति दिँ...

जाडोमा ‌ओठ फुट्नबाट जोगाउने ५ उपाय

जिबनशैली, स्वास्थ्य
लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन। नकोट्याउनुस् ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। बाममाथि लिपस्टिक लगाउनुस् जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ। ओठ नचाट्नुस् जाडोमा ओठ सुखा हुने भएकाले ...

यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी

जिबनशैली
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ। भिटामिन सी पाइने विभिन्न फलफूलमध्ये सुन्तला पनि एक हो। सुन्तला चिसोमा पाइने फल हो। सुन्तला मात्र नभई अन्य धेरै फलफूहरु छन्, जसबाट हामीले भिटामिन सी सहजै प्राप्त गर्न सक्छौं। एउटा मध्यम आकारको सुन्तलामा ६९ दशमलव ७ मिलीग्राम भिटामिन सी हुन्छ, जुन अन्य सामान्य फलभन्दा कम हो। यी आठ प्रकारका तरकारी तथा फलफूलमा सुन्तलामा भन्दा भिटामिन सी को मात्रा धेरै हुन्छ। १. रातो खुर्सानी सुन्तलाभन्दा बढी भिटामिन सी पाइनेमध्ये रातो खुर्सानी पनि एक हो। काटिएको आधा कप या पाकेको पिरो खुर्सानीमा १ सय ७ दशमलव ८ मिलीग्राम भिटामिन सीको मात्रा हुने गर्छ। खुर्सानीलाई पिरो बनाउने क्याप्साइसीनले घुँडा तथा मांसपेशीको दुखाईलाई कम गर्ने द यु...

दालचिनीको अनेकौ फाइदा

जिबनशैली
दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ । खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ । स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो । दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ । सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी । सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ । यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ । सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन् ः मधुमेहका लागी फाइदाजनक मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ । क्यान्सरको जोखिम घटाउँछ क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन । तर सिलोन दालचिनी क...

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ

जिबनशैली
गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै घटना सार्वजनिक भएका छन् । कैलालीको धनगढीस्थित भन्सार रोडकी एक महिलाको घरभित्रै आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ज्यान गयो । गत वैशाखमा भक्तपुरमा झ्याल–ढोका थुनेर कोइला बाल्दा निसासिएर एक सुत्केरीको ज्यान गयो । यी त सार्वजनिक भएका घटना हुन् । दूरदराजमा यसरी निसासिएर ज्यान गएका कैयौं घटना समाचार बन्दैनन् । यो हानिकारक ग्यासले मान्छेमा वान्ता हुने, मुटुको धड्कन असामान्य हुने एवं मस्तिष्कमा असर गर्नेजस्ता लक्षण देखिन्छ । तर सुतेको बेलामा मान्छेले यस...