सम्पर्क

बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७९ लागु

बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागु गरिएको हो ।  
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने, नियमित त्तच्त् टोली परिचालन गर्ने, नियमित मोवाईल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, वैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने, अन्य सुरक्षा निकाय समेतको सहभागीतामा ीच्ए र क्च्ए परिचालन गर्ने, हुन गर्न सक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने, सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाउने गरी उल्लेखित सुरक्षा योजनामा समेटिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५,३३२ जना प्रहरी टोली परिचालित हुनेछन ।
यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरुको न्युनिकरणमा आ(आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनको लागि आवश्यक निर्देशन दिनु भयो । यस विशेष सुरक्षा योजनाले प्रहरी परिचालनमा मार्गनिर्देशन दिई आम नागरिकले सुरक्षित तबरले चाडपर्व मनाउने वातावरण सिर्जना हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो । यसै अवसरमा प्रदेश प्रहरी प्रमुखले संघिय तथा प्रदेश सभा निर्वाचन तयारी लगायत समग्र प्रहरी कामकारवाही तथा सेवा प्रवाहको बारेमा समेत मातहत कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
यसै कार्यक्रमको अवसरमा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले तयार गरिएको चाडपर्व लक्षित विशेष सुरक्षा योजना तथा गत भाद्र महिनामा मातहत जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित प्रमुख गतिविधिहरुको बारेमा तुलनात्मक विश्लेषण सहितको जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुखहरुले भएगरेका गतिविधिहरु तथा आगामी योजनाको बारेमा समेत प्रस्तुतिकरण गर्नु भएको प्रहरी बरिष्ठ उपरिक्षक एबम बागमती प्रहरी प्रबक्ता दिपक रेग्मीले जानकारी दिनु भएको छ ।