सम्पर्क

जिबनशैली

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

जिबनशैली, समाचार
रासस,सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा हुनुहुन्छ । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उहाँले स्मरण गर्नुभयो । चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भन्नुभयो । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउनुहुन्छ । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ । “यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्नुहुन्छ, “छोरानातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भ...

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

#, जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।  ...

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेप...

विद्यालय परिषदमा दुलाल

जिबनशैली, समाचार
देबराज सुबेदी ,नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनुभएको छ । यसैगरी उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने , बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभएको छ । मेलम्चीमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुले विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासं...

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुव...

नेपाल बार एशोसिएसनको पदाधिकारीद्धारा पदभार ग्रहण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाइ सिन्धुपाल्चोकका नव निर्बाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन । गत असोज २८ गते भएको बारको १७ औ अधिवेशनवाट भुपेन्द्र थिङको अध्यक्षतामा नयां कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ माननिय जिल्ला न्यायधिस विदुर कोइराला द्धारा शुक्रबार सपथ ग्रहण गराउँनु भए सँगै नवनिर्बाचित पदाधिकारीहरुले आआफ्नो पदभार ग्रहण गरेका छन । बारको निर्वाचन संयोजक रोहिणीराज जोशी ले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति अध्यक्ष लगायतलाइ जिल्ला अदालत सिन्धुपाल्चोकको तर्फवाट माननिय जिल्ला न्याधिस विदुर कोइराला र श्रेस्तेदार राजेन्द्र वाग्ले ले बधाइ साथमा खादा टिका लगाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष श्री रोहिणीराज जोशीले गर्नुभएको थियो भने कार्यक्रम माननिय जिल्ला न्याधिश विद...

बिभिन्न कार्यक्रम गरी मनाइयो ६७ औ प्रहरी दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सोमबार नेपालमा देसैभर ६७ औं प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी दिबस मनाउँने सिलसिलामा सिन्धुपाल्चोकमा पनी प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको प्रमुख अतिथ्यतामा दिबस मनाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बेदनिधि खनालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यलयको कार्यालय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव सभापतीत्वमा दिबस मनाइएको हो । अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै प्रमुख अतिथी खनालले आफ्नो कर्तब्य पालना गर्ने सिलसिलामा बिभिन्न मितीमा ज्यानगुमाएकाहरुको अत्मा शान्तीको कामना गर्नु भयो । कार्यक्रममा टेबुल टेनिस, प्रतियोगितामा प्रथम र द्धितिय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाण(पत्र वितरण र यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत रहेका उत्कृष्ट कार्य गर्ने प...

चैसागढी १४मा अगुवा कृषक सँग अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १४ले शनीबार वडा भित्र अगुवा कृषकहरु बिच अन्तरक्रिया गरेको छ । वडा अध्यक्ष उद्धब नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यलय सचिब जिबन भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अगुवा कृषकहरुले नगरपालिकाले दिने अनुदान वास्तविक कृषकको हातमा लानको लागी उत्पादनका आधारमा व्यवस्थापन गर्न एकरुपता कायम गर्न पर्ने बताएका थिए । daduwa  वडा सदस्यहरु तथा वडाका कृषी फर्महरुका प्रतिनिधीहरु समेत को उपस्थितीमा भएको छलफल ले तत्काल उत्पादन भएका तरकारीको बिबरण सकंलन गर्ने भएको छ । खाश गरी कृषि कार्यक्रम कसरी अगाडि बढाउने र १४ न वडालाई कसरी कृषि पकेट क्षेत्र बनाउने भन्ने बिषयमा छलफल केन्द्रीत भएको थियो ।कार्यक्रममा उत्पादनमुलक काममा अगाडि बढाउनकालागि स्थानीय सरकारको नीति तथा कार्यक्रम लाई अगाडि बढाउँनका लागि कसरी जाने भन्ने बिषयमा केन्द्रित...

महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
६७ औँ प्रहरी दिवस २०७९ को अबसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यस कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले उक्त अन्तरक्रिया गर्नुभएको हो ।     बिहान ११बजेदेखी १२ बजेसम्म महिला प्रहरी कर्मचारीसँग, र१२ बजेदेखी दिउँसो १ बजेसम्म प्रहरी कार्यालय सहयोगीहरुसँग र दिउँसो ३ बजेदेखि ४ बजेसम्म पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको प्रहरी बरिष्ठ उपरिक्षक तथा बागमती प्रदेस प्रहरी कार्यलयका प्रबक्ता एवम सुचना अधिकारी दिनेस रेग्मीले जानकारी दिनु भएको छ । उँहाका अनुसार महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगी सँगको अन्तरक्रिया कार्...

टीकाको चौथो दिन . नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

जिबनशैली, मनोरन्जन, समाचार
आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी ...