शिक्षा र स्वास्थ्य निशुल्क: गरिनु पर्छ : अध्यक्ष शेर्पा
देवराज सुबेदी श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।उहाँले देशमा युवा नरहनुको कारण यो देशका नेताहरु दोषि रहेको आरोप लगाउनुभयो । उहाँले अब भासण मात्र गरेर नहुने भन्दै स्वदेशमै बस्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले शिक्षा र स्वास्थ्य सरकारले निशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विद्यालय जोगाउन स्थानीय सरकारको प्रयासले मात्र नहुने भन्दै प्रदेश , केन्द्र सरकारले पनि चासो दिनु पर्ने बताउनुभयो । उहाँले एक दुई वटा ढुङ्गा उचालेर नाटक गरेर बचाउन नसकिने बताउदै सबै मिलेर यसलाई जोगाउन आग्रह गर्नुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स...
