महिला तथा सीमान्तकृत समुदाय जल तथा जलवायु परिवर्तनको बढी जोखिममा
काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक प्रसार तथा सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला राजधानीमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा नेपाल, बंगलादेश, श्रीलंका र भारतका विश्वविद्यालयहरू परियोजना साझेदारका रूपमा सहभागी छन् । क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (IDRC) को सहयोगमा आयोजना गरिएको यस कार्यशालामा नेपाल इन्जिनियरिङ कलेज, बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयअन्तर्गतको जल तथा बाढी व्यवस्थापन संस्थान तथा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय परियोजना साझेदार रहेका छन् ।
कार्यशालाको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. केसीले कार्यशालाले नेपाल, भारत, बंगलादेश र श्रीलंकामा जल तथा जलवायु विज्ञान अनुसन्धान क्षेत्रका समस्या, चुनौत...









