नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै मेलम्ची नगर
गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको छ ।
मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताउनुभएको हो । उहाँले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिनुभयो । संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने...
