सम्पर्क

राजनिती

काँग्रेस सँधै जनताको पक्षमा छःः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस सँधै नागरिकको दुखमा साथ दिने पाटी भएकाले यस पटक सबैले कााग्रेसलाइ जिताउँने नेपाली कााग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बलेफी गाउँपालिका वडा नं ८ जुरे ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम भवन निर्माण शिलान्यास तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रममा प्रमसख अतिथीको आशन बाट बोल्दै यस्तो बताउँनु भएको हो । भबन सिल्यान्यास गर्दै बस्नेतले नेपाली काँग्रेस बिकासगर्ने पाटी भएकाले सिन्धुपाल्चोकमा गत स्थानीय निर्बाचनमा पहीलो पाटी बन्न सफल भएकोर आगामी मैसीर ४गते पनी पहीलो पाटी बन्ने बताउँदै चुनावमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, जिल्ला प्रहर...

ईन्द्रावती गाउँपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
विपना तामाङ (गोले) ईन्द्रावती गाउँपालिकाले विजया दशमी तथा नजिकिदै गरेको शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य  एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले शुभकामना दिनुहुँदै दशै पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै सत्यको विजय भएको दिन महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका नेता बिष्णु बिक्रम थापाले जनतालाई अधिक रूपमा सेवा दिने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । “यस चाडपर्वले सोच बिचारमा परिवर्तन आवोस सुभकामना छ,” उहाँले भन्नु...

सिन्धु १मा काँग्रेसका बस्नेत नैे उमेद्धार बन्ने नेताहरुको दावी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रतिनीधी सभा र प्रदेस सभाको निर्बाचनमा अझै पनी गठबन्धन दलहरु बिच सहमती हुन सकेको छैन । सहमती नजिक पुगेको बताइता पनी सिन्धु पाल्चोक जिल्ला लगाएतका केही निर्बाचन क्षेत्रहरुमा गठबन्धन दल बिच भागबण्डा नमील्दा सहमती हुन नसकेको हो । गठबन्धनका नेताहरु बिच २०७४मा भएको निर्बाचनमा गठबन्धन भित्र रहेका दलहरुले निर्बाचन जितेका स्थानहरुमा सोही दलले लिने र बाँकी एमाले लगाएत गठबन्धन बाट बाहीर रहेका दलहरुले निर्वाचन जितेको क्षेत्रमा भागबण्डा गर्ने भनीएता पनी केही क्षेत्रहरुमा परिबर्तन नभए गठबन्धनले हार्ने भन्दै गठबन्धनका प्रभावशाली नेताहरुले टिकटको दाबी गरेका कारण सहमती हुन नसकेको हो । यसै सन्धर्भमा आफ्नो बलियो आधार रहेको सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं १मा लामो समय सम्म क्षेत्र नं १मा राजिनीती गर्दै आउँनु भएका मोहन बहादुर बस्नेत र अग्नी प्रसाद सापकोटा मध्य कसलाइ दिने भन...

सिन्धुपाल्चोकमा पनी घण्टी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले सिन्धुपाल्चोकमा पनी सगठन बिस्ता गरेको छ । सगठन बिस्ता सँगै क्षेत्र नं २को प्रत्यक्ष तर्फ उम्मेद्धार पनी घोष्णा भएको छ । जिल्ला सभापतिमा माया गुरुङ चयन हुनुभएको छ भने गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गर्नुभएको छ ।शनिबार चौतारामा भएको पार्टीको कार्यक्रममा गुरुङलाई सभापति चयन गरेको हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल लाइ चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताउनुभयो ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही सम...

सिन्धु राप्रपाको प्रशिक्षण कार्यक्रम चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा प्रशिक्षण कार्यक्रम गरेको छ । पाटीको पूर्व अध्यक्ष तथा पूर्व जलश्रोत मन्त्री पशुपति शमसेर जबरा को प्रमुख आतित्यथा र राप्रपा जिल्ला अध्यक्ष निल ध्वज थापाको सभापतित्वमा कार्यक्रम भएको हो । केन्द्रीय प्रशिक्षण विभागका सदस्य तथा प्रवक्ता भक्ति सिटौला र केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग सदस्य खुस्वु ओली को बिशेष अतिथ्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल््ला स्तरिय एकदिने प्रशिक्षण कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको पाटीका कार्यलय सचिब ध्रुब कुमार थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार नजिकिदै गएको चुनावी कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि पशुपति शम्सेर जबराले सिन्धुपाल्चोक मेरो अत्यान्तै प्रिय घर हो यहाँका सबैजना मेरा प्रिय तथा प्यारा हुनुहुन्छ ...

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, स्वास्थ्य
चौतारा । विजया दशमी २०७९ को उपलक्ष्यमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । कर्मचारी मिलन केन्द्र, बैंकर्स र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो , शुक्रबार विहान ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका, मेल्चौरस्थित दरबार डाँडामा प्रतियोगिता हुन लागेको लक्ष्मी बैकका शाखा प्रवन्धक पवन सापकोटाले बताउनु भयो । प्रतियोगिताको पहिलो खेल कर्मचारी विरुद्ध कर्मचारबीच हुने छ । दोस्रो प्रतियोगिता भने बैंकर्स र पत्रकारबीच हुने छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमलाई ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र जिल्ला खेलकूद विकास समितिले प्राविधिक सहयोग उपलव्ध गराउने छ ।...

बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७९ लागु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागु गरिएको हो ।   चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर ...

राष्ट्रपतिको कदम पछी अदालत या राजपत्रमा सुचना?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सत्तामा रहेको चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै त्यसको बिरोध गरेका छन। सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति समेत जारी गरेको छ ।राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतःप्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने वा संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने बिषयमा छलफल भएको भएता पनी यसै गर्ने भन्ने निस्कर्षमा नपुगेको बेठकमा सहभागी एक नेताले बताउँनु भएको छ । यसका लागी कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको छ भने त्यस पछी मात्र यसको टुगाें लाग्ने देखीन्छ ।    ...

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाउनुभएको थियो । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि आज राति १२ बजे समाप्त भएको छ । मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । यसअघि दुबै सदनले पहिलो पटक गत साउन १६ गते उक्त विधेयक पारित गरी राष्ट्रपति भण्डारीस...

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्टीयसमाचारसमिती काठमाण्डौ.प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गर्नुभएको हो । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभयो”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । सो अवसरमा प्रधानमन्त्...