सम्पर्क

राजनिती

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः १. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ? हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु ...

सिन्धु काँग्रेसको “बिशेष आन्तरिक अभियान” सुरु

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकले शुक्रबार “बिशेष आन्तरिक अभियान” सुरु गरेको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिद्धारा आयोजित नेपाली कांग्रेस केन्द्रिय परिपत्र अनुरुप संगठन सुढृढीकरणको लागि “बिशेष आन्तरीक अभियान” को प्रमुख अतिथी तिर्थ पासखलको प्रमुख अतिथ्यतामा र बागमति प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठको बिशेष अतिथ्यतामा बागमती प्रदेस सदस्य दिपेन्द्र आचार्य, शान्ता क्षेत्री थापा, सुनिता लामा ,कोकील मगर, पूर्वपाटी सभापती भुपेन्द्र बहादुर थापा, नेता डा.पे्रम ध्वज लामा, लगायत तरुण दलका केन्द्रिय सदस्य डुपा छिरीङ्ग लामा, केन्द्रिय सदीस्य डुजिल्ला कार्य समितीका पदाधिकारीहरु, क्षेत्रीय कार्यसमितकिा पदाधिकारीहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधहिरु लगायतको उपस्थितीमा संगठन सुदृढीकरण सम्बन्धि अभियानका बारेमा छलपल भएको थियो । पाटी सभापती जङ्ग बहादुर लामाको सभापतित्वमा भ...

नगर प्रमुख बस्नेतद्धारा ह्वीलचियर प्रदान

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिनधुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ४ की ९७बर्षीय मतिमायाा श्रेष्ठलाइ नगर प्रमुख बालकृष्ण बस्नेतले ह्वीलचियर प्रदान गर्नु भएको छ । हरेक अपागंता भएका मानीस, असाय, जेष्ठ नागरिकहरु र समस्यामा परेका नागरिकको समसया समधानका लागी हर समय लागी पर्नु भएका बस्नेतले मगंलबार जेष्ठ नागरिक आमालाइ ह्वीलचियर प्रदान गर्नु भउको हो । आफुले ह्वलि चियर पाए पछी ९७बर्षीया श्रेष्ठले बस्नेतलाइ आशिर्बाद समेत दिनु भएको थियो । बाह्रबिसे नगरपालिका वडा न.४ पुरानो बजार स्थित घर भएको ९७ वर्ष उमेरका मति माया श्रेष्ठ लाई नगरप्रमुख बस्नेत को विशेष पहलमा ३रोटरीक्लबडिल्लीबजारका इन्द्रिया पौडेल तथा बाह्रबिसे नगरपालिका वडा न.८ का वडा अध्यक्ष बिमल पौडेल बाट ह्वील चियर हस्तान्तरण गर्नुभएको हो।...

नेकपा एसको औचित्य समाप्त भयो ः पोखरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकिकृत समाजवादीको औचित्य समाप्त भएको र माओबादी केन्द्र भन्ने पाटी नै नरहने अबस्था आएको बताउँनु भएको छ । पोखरेलले नेकपा माओबादी सुरुमा ३० प्रतिशत जनमत रहेको भएता पनी अहिले ११ प्रतिशतमा आएको बताउँदै आगामी निर्बाचनमा त्यो सख्या घट्ने भएकाले अब कम्युनिष्ट भनेको नेकपा एमाले मात्र रहने बताउनुभयो । शनिबार चौतारामा भएको भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गरेका हुन् । बिशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो । समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री वनाउन ...

सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो । कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह न...

राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभयो । विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहनुभएका उहाँले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्...

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  काठमाडौं, १२ साउन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउँनु भएको छ। देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको जानकारी दिनु भयो । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको बताउँनु भयो । वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेख...

विचार: साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौँ, १० साउन (रासस); विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । अबको दुनियाँमा आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुनै सक्दैन । डिजिटल साक्षरताको क्षेत्र आफैँमा व्यापक छ । युरोपेली सङ्घले कुनै पनि व्यक्ति डिजिटल साक्षर हुन उसमा २१ वटा फरक फरक क्षमता हुनु पर्छ भनेको छ । यस्ता २१ वटा क्षमतालाई ५ वटा समूहमा छुट्टयाइएको छ । यीमध्येको एउटा समूह हो, डिजिटल सुरक्षा । डिजिटल सुरक्षालाई साइबर सुरक्षा भनेर पनि बुझिन्छ । इन्टरनेट वा डिजिटल प्रविधिको प्रयोगमा धेरै सुरक्षा चुनौती छन् । राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर...

माननीय समिर तामाङ द्धारा सुजाताको भर्ना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची –११ निवासी सुजता दुलाललाई शान इन्टरनेश्नल कलेज हाडिगाउ,चाबहिलमा भर्ना गरि +२ अध्ययनको ब्यबस्थापन गरिदिनुभएको छ ।,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव समेत रहनु भएका तमाङले आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने भन्दै भर्ना गरिदिनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, त्यसैगरि शान कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा कलेज प्राङ्गणमै पुगि सांसद तामाङले सुजता दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण...