सम्पर्क

राजनिती

ठुलोसिरुवारीका खेलाडी नगरकै सम्पती ः सापकोटा

#, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
राष्ट्रिय स्तरमा मात्रै नभई एशियामा नै आफ्नो प्रस्तुती दिन सक्ने खेलाडी उत्पादन गरेर ठुलो सिरुवारीले नगरकै शिर उच्च राख्न सफल भएको भन्दै चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले १३नं वडाका वडाअध्यक्ष तथा वडाबासीहरुलाइ बिशेष धन्यबाद दिनु भएको छ । सोमबार वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा भएको खेलकुद महोत्सव को समापन तथा वडा कार्यलयले गरेको चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले एशिया स्तरमा नै पहीचना दिने खेलाडीहरुलाई आफुले नगरको सम्पतिको रुपमा लिईरहेको र नगरद्धारा यस्ता खेलाडीहरुको संरक्षण र विकास लागी चौतारा साँगाचोकगढी नगरपालिकाले बिशेष सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो । उँहाले नगरपालिका को १३ नं वडामा भएको खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेर...

मन्त्री दुलालको पहलमागौराती दारेगौडामासुरक्षित बार

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मे...

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक को अध्यक्षमा बिनोद खनाल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी पुनर्गठन गर्दै विनोद खनाल, अध्यक्ष बनाएको छ । यसै गरी उपाध्यक्ष अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १नं क्षेत्रीय कमिटी संयोजक नरेन्द्र खड्का, उपसचिव तथा प्रचार विभाग प्रमुख ईश्वरीप्रसाद अधिकारी, २ नं क्षेत्रीय संयोजक रामलाल विक(सुदीप ), २( ख) संयोजक कामी सुनार, २(क) संयोजक रामप्रसाद चौलागाई, १ (क) संयोजक मेहरमान विक, १(ख) संयोजक यज्ञराज न्यौपाने लाई जिम्मेवारीमा पदस्थापन गरेको छ । पार्टी उपमहासचिव तथा वागमती प्रदेश ईञ्चार्ज गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा  शनीबार  सम्पन्न बैठकबाट जिम्मेवारी प्रदान गरिएको निबर्तमान अध्यक्ष नवराज पौडेलले जानकारी दिनु भयो ।...

पहरी युवा क्लब द्धारा सरसफाइ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकामा रहेको पहरी युवा ब्लबले शनिबार सुकुटे छाप सडकको छेउछाउमा सरसफाइ गरेको छ । पहरी युवा क्लबको सक्रियतामा सरसफाइ गरिएको क्लबका प्रकाश पहरीले जानकारी दिनु भयो । उँहाका अनुसार क्लबका सदस्यहरू मिलि सुकुटे छाप सडकको छेउछाउमा रहेको बनमारो, सिठ्ठा जस्ता अन्य सडकलाई बाधा पार्ने बुट्टाहरू केही मात्रामा हटाइएको हो । उँहाले आफ्ना व्यस्तताको समय बाबजुद पनि बेलुकीको समय मिलाई सरसफाई गर्न सहयोग गर्नुहुने सहयोगी साथीहरूलाई धन्यवाद दिदै उक्त सडक सरसफाइ तथा संरक्षणका लागी सम्बन्धित निकाय र सडक विभागमा ध्यानाकर्षण गराउँनु भएको छ ।...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ कात्तिक ः जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प ग...

जसपाको काठमाडौं जिल्ला समितिको अध्यक्षमा अजित

राजनिती, समाचार
काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाण्डौ ढल्कोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले अजित पुतुवारको अध्यक्षतामा २८ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा श्रीजनमान श्रेष्ठ, महेश अधिकारी, सचिव विमल पौडेल, सहसचिव विनु श्रेष्ठ, रोजी अवाले रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय नेताहरु लालबहादुर तामाङ, राधाकृष्ण महर्जन,सोनाम लामालगायतको उपस्थिति रहेको थियो ।...

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक: नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।...

जाजरकोटभुकम्प मन्त्री बस्नेतद्धारा, उपचारमा जुट्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जाजर कोट भुकम्प घटना प्रती दुख ब्यक्त गर्दै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहने प्रतिबद्धताका साथ त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न निर्देशन गर्नु भएको छ । उँहाले गएराती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले जाजरकोट र रुकुमका विभिन्न ठाउँहरुमा धेरै ठूलो जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु । उक्त घटनाका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहनेछौं र त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु । साथै, जाजरकोट, रुकुम लगायत आसपासका ठाउँहरुका पीडित पक्षहरुलाई उच...

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त ग...

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु’मन्त्री रन्जिता

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिनु भएको छ ।शुक्रबार गुठी संस्थानको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउँनु भएको हो । कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ , भन्दै ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’ मन्त्री चौधरीले स्पष्ट पानृू भयो ।आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न ...