सम्पर्क

राजनिती

माननीय कृष्णकुमार द्धारा अपाङ्गलाइ सहयोगी समाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको सभापतीत्वमा नगर भरीका आपङ्गता भएका ब्यक्तीहरुलाइ सहयोगी सामाग्रीहरु बितरण गरिएको छ । मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (ज्च्म्ऋ) , बनेपाको संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता, वडा नं ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं १० का वडा अध्यक्ष अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल इन्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, नगर अस्पताल प्रमुख डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायतका नगरपालिकाका विभिन्न कर्मचारी र ज्च्म्ऋ का विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा माननी...

नगर प्रमुख सापकोटाद्धारा चस्मा वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
फागुन २० गतेदेखी बैशाख १५ गते सम्ममा नगरका १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरेको छ भने ८० जनाको आँखाको सल्यक्रिया गरिएको छ । गत फागुन २०, २१, र २२ गते तिन दिनसम्म चलेको निःशुल्क आँखा शिबीरमा नगरपालिकाका १४ वटै वडाका नागरिकहरु गरी जम्मा ७ सय २५ जनाले सेवा लिएका थिए । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीका अनुसार शिबिरमा सल्यक्रिया गर्न पर्ने आँखाका बिरामीहरुलाई नगरपालिकाबाटै सबै खर्च ब्याहोेरिएको र चस्मा नगरपालिकाबाटै बितरण गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका नागरिकहरु कुनै समस्यामा नपरुन र हरेक समस्याको समधानका लागी स्रोत र साधनले भ्याएसम्म समाधान गरेर नागरिकलाई सहयोग गरिने बताउँनु भयो । कार्यक्रममा नगर उप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले चस्मा बितरण गर्दै नागरिकको स्वास्थ्यको लागी नगरपालिका लगाएतका आँखा...

शिक्षकको आन्दोलनउग्र प्रहरी सँगको भिडन्तमा पचासौ घाइते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बिद्यालयमा पढाउँन छाडेर बिभिन्न माग राखी आन्दोलन गरिरहेको शिक्षकको आन्दोलनको २६ औं दिनमा आएर शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै हात हातमा ढुंगा लिएर प्रहरी सँग भिडन्त गर्न पुगेका छन । यसै क्रममा प्रहरीले पानीको फोहारा सहीत लाठी चार्ज पनी गरेको छ । यस क्रममा पत्रकार र आन्दोनकारीहरु घाइते भएका छन। आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसको जवाफमा शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बानेश्वर तनावग्रस्त बनेको थियो । घटना पछी आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्ती पुर्ण रुपमा भएको आन्दोलनका आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपनारुप देखायो भन्दै आन्दोल अझ सशस्त्ररुपमा अगाढी बढाउँने बताउँनु भयो । उँहाले ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्द...

वडा नं १० द्धारा घरघरमा भत्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१०ले घर घरमा टोलटोलमा गई तेस्रो किस्ता को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम गरेको छ । वडा सचिब पुनम भण्डारीका अनुसार का अनुसार गर्मीका समयमा लामखुटेबाट बच्न जेष्ठ नागरिकलाई झुल वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।     वडा अध्यक्ष निल बहादुर तामाङ सुमनको नेतृत्वमा सिन्धु बिकास बैङ्कका कर्मचारीहरु ले भत्ता बितरण गर्नुका साथै वडा कार्यलयले झुल बितरण गरेकोमा यसमा सहभागी सहयोगीहरुलाइ वडाअध्यक्ष तामाङले बिशेष धन्यबाद दिनु भएको छ । उँहाले कार्यक्रममा सहभागी भई साथ सहयोग गर्नुहुने सिन्धु विकास बैंक का कर्मचारी साथीहरू सुरक्षाकर्मी मित्रहरू र वडा कार्यालयका साथीहरू लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र साथै आगामी दिनहरुमा पनि तपाईहरुको साथ सहयोगको अपेक्षा गर्दछु भन्नु भयो । वडा अध्यक्ष तामाङ २०७९मा नेप...

शिक्षक र प्रहरी बिच बानेश्वरमा हानाहान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।   विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।   शनिबार सरकारसंग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको समाचारमा जनाइएकोछ।फोटो सामाजकि सञ्जालहरुबाट  ...
वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । सो क्रममा उहाँले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो। तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।...

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

ब्रेकिङ न्युज २, राजनिती, समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो । “शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।...

राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञान बहादुर शाही पक्राउ पर्नुभएको छ । उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । रासस...