सम्पर्क

राजनिती

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १२ असोजः गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ । आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु...

दुर्घटनाका घाइतेलाइ निशुल्क उपचार गर्न नगर प्रमुख आइतमानद्धारा निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा सवारी दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको यात्रुबाहक बस (बा ३ ख ९३०८)आइतबार बिहान मेलमच् नगर पालिकाको १३ नं वडा कार्यलय नजीकै फटकसिलामा दुर्घटना परेको हो । दुघृटना भएको जानकारी पाउँने बित्तीक्कै मेलम्ची नगर प्रमुख आइतमान तामाङले गहिरो चासो व्यक्त गर्नुभएको छ।दुर्घटनापछि घाइते यात्रुहरूको स्वास्थ्य अवस्था बुझ्न स्वयं अस्पतालमा पुग्नुभएका प्रमुख तामाङले सबै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै सान्त्वना प्रदान गर्नु भएको छ। उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी मेलम्ची नगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको नगर प्रमुख सचिवालयका मानकाजी पाख्रनि ले जानकारी दिनु भयो । नगर प्रमुख तामाङले दुर्घटनामा परेका नागरिक प्रति सहानुभूति प्रकट गर्दै यस्ता घटनाबाट भविष्यमा ...

जेनजी प्रदर्शनमा गोली हान्ने प्रहरी हो की अरु कोही ? छानबिन गर्नैपर्छ ः मोहन बस्नेत

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा चलाइएको गोली नेपाल प्रहरीको होकी अरु कसैको हो भन्ने कुराको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न पर्ने समेत बताउँनु भयो । नेपाली काँग्रेस कांग्रेस सिन्धुपाल्चोक जिल्ला १ नम्बर क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रबिसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बेल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँनु भयो । ‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढंगले सजाय दिन सक्नुपर्छ,’...

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ...
सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको लोकप्रियसमाचाराष्टिय दैनिकले स्थपना दिबश मनाउँने क्रममा यस बर्ष नयाँ कार्यक्रम गरेको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको थानबारे डाँडामा बृक्षरोपण सहीत जन्मोत्सव पार्क निर्माको शुभारम्भ गरिएको छ । अग्रेजहरु सँगको लडाइमा अभिमान सिह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको , डाडाँमा काठमाण्डौ भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाका बृद्धाहरुले बताए पछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्रनो स्थपना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिन को अबशरमा उक्त कार्यक्रम गरिएको हो । उक्त स्थानमा पुराना बङ्कर हरु , बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेको ले सोही स्थानलाइ सरक्षण गर्नका लागी उक्त...

प्रेस चौतारी नेपालको ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा, असोज ३ गते । संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।” प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भन्नु...

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ । आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिनुभयो । “जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अन...

आज देशभर सार्वजनिक बिदा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस...

तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजीः सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?

राजनिती, विचार
सुनील बाबु पन्त शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ दिनेछौं। काम बिगार्ने accountable  बन्नेछन् — उस्तै भए राजीनामा दिनुपर्नेछ । आज केही मन्त्रीहरूले तलबभत्ता नलिने घोषणा गरेर आफूलाई ’उच्च नैतिकता’ को प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालदेखि मिडियासम्म यसलाई ‘महान निर्णय’ भन्दै प्रशंसाको ओइरो लागेको छ। तर, यो कदमलाई गहिरिएर हेर्दा, के यो साँच्चिकै त्याग हो वा सुविधासम्पन्न नेताहरूले जनताको भावनामाथि खेलेर आफ्नो छवि निर्माण गर्ने राजनीतिक ’स्टन्ट’ मात्र हो? जब कोही सार्वजनिक पदधारीले सेवाभावले काम गर्छन् र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर आफ्नो पारिश्रमिक त्याग्ने निर्णय गर्छन्, त्यो आफैंमा सम्मानजनक हुन्छ। तर, जब यही निर्णयलाई ठूलो प्रचारबाजीको विषय बनाइन्छ,...

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

कृषि, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ३० भदौः नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा...