सम्पर्क

राजनिती

खेलकुद महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोककले नयाँ नेतृत्व पाएको छ । आइतबार जिल्ला सदरमुकाम चौतारा स्थित नेकपा एमाले जिलला पार्टी कार्यालयमा सम्पन्न चौथो अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश तामाङर सुजता सापकोटा, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवद्धय अमिर श्रेष्ठ र पासाङ शेर्पा, कोषाध्यक्षमा टासी शेर्पा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धार्थ तामाङ, संगम तामाङ र निरु श्रेष्ठ चौथो अधिवेशनबाट चयन भएका हुन् । आइतबार जिलला पार्टी कार्यालयमा महासंघको महासचिव धरमबहादुर लामाले अधिवेशनको उद्धाटन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमासिंङ तामाङ, महासंघका सचिव प्रभूनारायण सिवाकोटी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बालकुमारी सापकोटा, ईन्द्र नेपाल तथा महासंघका जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थि...

सिन्धु एमालेले सम्झियो मदन–आश्रित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृती दिवस तथा विचार गोष्ठी जिल्ला सदरमुकम चौतारामा मनाइएको छ । शनिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रिय सदस्य सरेश नेपाल र प्रदेश सदस्य हस्त पंडितले तत्कालिन महासचिव भण्डारी र कुशल संगठक आश्रितको जीवनी तथा जनताको बहुदलिय जनवाद बारे विचार राख्नुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य निर्मल बञ्जराले कविता मार्फत र प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले मदन भण्डारीका कविता मार्फत स्मरण गर्नुभयो । साथै नेकपा एमालेको चौथो बैठकबाट मनोनित सदस्यहरुको शपथ पनि सोही समारोहमा गरिएको प्रचार विभाग प्रमुख अर्जुन भण्डारीले जानकारि दिनुभयो ।...

बागमती प्रदेशको आगामी बजेटमा स्थानीय आवश्यकता समावेश गर्न सांसद समीरको पहल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहको सहभागिता र आवश्यकताको बारेमा छलफल गरेको छ । शनिवार होटल टिबेट बौद्धमा भएको कार्यक्रममा माननीय कृष्ण कुमार तामाङ(समीर) ले बजेटको पूर्व सन्ध्यामा नेपाली काँग्रेस क्षेत्र नं २ का ४९ वटा वडाका नेपाली काँग्रेसका पदाधिकारी प्रतिनिधिहरू, नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरू समेतलाई बोलाइ स्थानीय विकासका लागी कहाँ कहाँ कसरी के के समस्या छन् ? कुन कुन विषयमा कसरी बजेट विनियोजन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको विशेष उपस्थितिमा भएको छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई ज...

सामाजकि काममा अग्रसर हुँदै नबजागरण युबा समुह डडुवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नबजागरण युबा समुह डडुवाले बिद्यालयमा शैक्षीक सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढीनगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो । युवा समुहका सचिब सरोज बोहोराका अनुसार प्रती बिध्यार्थी १थान ब्याग झोला थान १ प्याकेट शिशाकलम , इलेजर, सार्पनर , हाफ दर्जन कपि का दरले बितरण गरिएको बताउँनु भयो ।यसै गरी कक्षा १, देखी कक्षा ५ सम्मका बिद्यार्थीलाइ प्रती बिध्यार्थी आधा दर्जन मोटो कपि , एक बट्टा पेन्सिल कक्षा ६ देखि ११ सम्म का बार्षिक परिक्षाफलमा प्रथम , द्दितिय र तृतीय हुने१८ जना बिध्यार्थिहरुलाइ प्रती बिध्यार्थी हाफ दर्जन मोटो कपि , एक बट्टा पेन्सिल , एक वटा कलम त्यसैगरी बाल कक्षा मा खेलमार्फत पढाउने शैक्षिक सामाग्री , चाट्र्पेपर , खेल सामग्री बितरण गरिएको छ भने बिध्यालयलाइ १ थान नेट , भलिबल ...

बस्नेत माथी मुद्धा एउटै आरोपमा पक्षपात !

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएर र राज्यलाइ राम्रो गर्न खोज्दा आफुलाइ अहीले मुद्धा दर्ता गराएर गलत भएको देखाउँन खोजीएको बताउँनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । भिओआईपी कल बाइपासमार्फत एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको ,निजी टेलिकम कम्पनीले राज्यलाई अर्बौैंको राजश्व नोक्सान पारिरहेको सन्दर्भमा राज्य चुप लागेर बस्न नसक्ने भएकाले आफूले सो निर्णय गरेको बस्नेतले पटक पटक सर्बजनकि रुपमा बताउँदै आँयनु भएको छ । बस्नेतले राजनिती प्रतिशोध हुन थालेको र राम्रा काम गर्नेहरुले सरकार छाड्ने बितीक्कै जेल जान पर्ने हुन थालेको यसमा आफु पनी राम्रा काम गरेकै कारण जेल ज...

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो । उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभय...

सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २५ वैशाख : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी दिनुभएको छ । उहाँले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताउनुभएको छ । प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट हुने गरेका पत्राचारलाई कार्यान्वयन गरे जस्तै चौधरीलाई पक्राउ गरिएको घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गरिएको बताउनुभयो । भविष्यमा यस प्रकारका घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको उहाँको भनाइ थियो । सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले आफ्नो विवेक बाहिर गएर अनधिकृत पत्र लेखेका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाप्रति ...

मानवअधिकार मैत्री प्रदेश बनाउन सांसदहरुको भूमिका महत्वपूर्ण रहन्छ ः दुलाल

अन्तर्वाता, राजनिती, विचार
बागमती प्रदेश सरकार अहिले आ.ब. ०८२/८३ को नीति, योजना, बजेट तथा कार्यक्रम बनाउने तयारी गर्ने कार्यमा लागिरहेको छ । प्रदेश जनताका मानवअधिकार मैत्री नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि प्रदेश सांसदहरुको भूमिका कस्तो रहन्छ । कसरी तयारी भइरहेको छ । जनताका आधारभूत अधिकारहरुका विषय कसरी सम्बोधन हुनेछ । यिनै विषयमा बागमती प्रदेशका पुर्व मन्त्री तथा साँसद युवराज दुलालसंँग लोकप्रिय समाचार राष्ट्रिय दैनिकको तर्फबाट नातिबावु धितालले गर्नुभएको कुराकानीको सम्पादित अंशलाई प्रस्तुत गरिएको छ । बागमती प्रदेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ ? बागमती प्रदेशमा मानव अधिकारको अवस्था मिश्रित रहेको छ । अत्यधिक जनसंख्याको बसोबास र जनसांख्यिक विविधताका कारण बागमती प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था मिश्रित रहेको हो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अनुसार आयोगमा विभिन्न मानव ...

प्रतिशोधको राजनीतिले देशलाई अस्थिर बनायोः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले नेपालको राजनीति प्रतिशोधको प्रवृत्तिले ग्रसित भएको बताउँदै यसले देशलाई अस्थिर बनाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले सरकारमा बसेका मन्त्रीहरू सरकारबाट बाहिरिने बित्तिकै जेल जाने प्रवृत्ति देखिएको बताउनुभयो । देशको लागि राम्रो काम गर्न खोज्ने नेताहरूलाई प्रतिशोध स्वरूप कारबाही गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले गर्दा मुलुकमा राम्रो काम गर्न चाहने नेताहरूलाई स्थान नदिने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको समेत बताउनुभयो । बस्नेतले तातोपानी नाका बन्द भएकोमा दुख व्यक्त गर्दै बार्षिक २२ अर्बभन्दा बढी राजस्व सङ्कलन हुने तातोपानी भन्सारको बाटो स्थायी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, बन्देउदेखि तातोपानीसम्मको सडक निर्माणमा १७–१८ अ...

कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम चौतारामा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका–३ को आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर काकीको प्रमसख अतिथ्यतामा र नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ पेदस क का सभापति केशवराज गिरीको विशेष आतिथ्यतामा जिल्लाको सदरमुकाम स्थित पार्टी कार्यालयमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर कार्कीले कांग्रेसले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।उहाँले एकले अर्कोलाई दोषारोपण गर्न भन्दा एक आपसको कमी कमजोरी महसुस गरी एकबद्ध भएर हिडन् पर्ने उनले बताउनुभयो । विषेश अतिथि नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ क का सभापति केशवराज गिरीले संगठनलाई सुदृढ बनाउन पार्टीका हरेक तहबाट सक्रियरूपमा लाग्न नेता तथा कार्यकर्तालाई आग...