सम्पर्क

राजनिती

काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने नेता बस्नेतको दाबी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ खिपिङमा राप्रपा र नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बोल्दै नेता बस्नेतले कम्युनिष्टको सस्तो प्रचारबाजीबाट युवाहरु मुक्त हुनेपर्ने बताउनुभयो । कार्यक्रममो विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहनुभएको छ । आफूहरु विगत २ दशकभन्दा धेरै समयदेखि संलग्न रहेको पार्टीले विकास निर्माणको काममा सिन्को समेत नभाचेको बताउँदै आफ्नो क्षेत्रमा कांग्रेसले विकास गर्ने आशा रहेको उनिहरुले बत...

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेत्रबहादुर बस्नेत राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा केन्द्रीय सदस्यमा विजयी हुनुभएको नेताहरुलाई सम्मान गरिएको छ । एक समारोहका बिच निर्बाचित केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी, केन्द्रीय सदस्य यसिम्न ढुँगाना, लगाएतलाई सम्मान गरिएको हो । सम्मान पटी मन्तब्य राख्दै केन्द्रीय सदस्य ठकुरीले निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको बिषयलाइ प्राथमिकता दिएको बताउनुभयो । ‘राजा र हिन्दु राष्ट्रको बिषयमा हामी अलिकति पनि परिवर्तन नभएको बताउँदै ठकुरीले पार्टीभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति नरहेको समेत बताउनुभयो । नेपालमा धर्म निरपेक्षता र सँघीयता लागु भएपछी मुलुकलाई ठूलो भार परेको बताउँदै केन्द्रीय सदस्य ठकुरीले सबै मिलेर बस्न...

एमालेको सपथ ग्रहण तथा बधाई कार्यक्रम बलेफीमा

ब्रेकिङ न्युज २, राजनिती
नेपाल कम्युनिस्ट पार्टि (एमाले) बलेफि गाउँपालिका कमिटिले सपथ ग्रहण तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । पुर्वमन्त्री तथा नेकपा एमालेका नव निर्वाचित स्थायी कमिटि सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बलेफि गाउँपालिका उपाध्यक्ष कमला कायस्थ, जिल्ला कमिटि सदस्यहरु डुप छिरिङ तामाङ, निर्मल बन्जारा, कृष्ण क्षेत्री, प्रेमध्वज लामा,प्रदेश कमिटि सदस्यहरु डम्बर थापा, बिनोद नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु सपना थापा, टपिन्द्र तिमल्सिना, कार्केल लामा, कमल नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।गत कार्तिक ९ गते सम्पन्न सो पालिकाको अधिबेशनबाट अध्यक्ष, नारायण काजी श्रेष्ठ उपाध्यक्ष, अर्जुन चालिसे, सचिव खिका प्रसाद नेपाल र उपसचिव साम्देन तामाङ र सुर्य बहादुर खडका लगायत सदस्यहरु निर्वाचित हुनु भएको थियो ।बलेफि गाउँपालिका अध्यक्ष एंव अध्यक्ष मण...

राप्रपाको विभिन्न तहमा विजयी हुनेहरुलाई स्वागत तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको आयोजनामा पार्टीको विभिन्न तहमा विजयी हुनुभएकाहरुलाई स्वागत तथा सम्मान गरिएको छ । केन्द्रीय सदस्य दईन्द्र ब ठकुरि , निर्मला श्रेष्ठ, यस्मिन ढुङगाना, जिल्ला अध्यक्ष निलध्वज थापा , क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का , २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारि तामाङ , क्षेत्र नम्बर १ को प्रदेश (ख) को अध्यक्ष जित बहादुर भारति ,क्षेत्र नम्बर २ को प्रदेश (क ) को अध्यक्ष बाबुराम खड्का , प्रदेश (ख)को अध्यक्ष गोबिन्द गरुङ लगायतलाई स्वागत गर्दै केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष निल ध्वज थापाले जिल्लाका सबै कार्यकर्ताको सँरक्षण जिल्लाको नागरिकको हितका लागि राप्रपा सधैं लागिपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी नगरका वडा प्रतिनिधिहरुलाई आगामी निर्बाचनमा राप्रपा ...

माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल

ब्रेकिङ न्युज २, राजनिती
नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई पराजित गर्नुभएको हो । बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा ईन्द्रबहादुर थिङ( छिनताङ) , सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेक्ष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुनुहुन्छ । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुनुहुन्छ । २ सय ७५ मतदाता रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयमो । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमत...

माओवादी वाग्मती प्रदेशमा सहमती नभएपछी निर्वाचन हुँदै

ब्रेकिङ न्युज २, राजनिती
सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । जसमा सबै प्रतिनिधिले भोट हाल्न भने पाउनेछैनन् । कार्यसमिति सदस्यले मात्रै मतदानमा सहभागी जनाउन पाउने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले जानकारी दिनुभयो । अन्तिम सहमतिका लागि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक गरिएको थियो । सो बैठकलेसमेत सहमति जुटाउन नसकेपछि नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने भएको हो । वाग्मतीको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरलसहयात्री पौडेल, काभ्रेका दीनानाथ गौतम बीच प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका दाबेदार भक्तपुरका डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गरेर ब्याक हट्नुभएको छ । अर्का दाबेदार विदुर खड्का कोषाध्यक्षमा उम्मेदवार बन्ने बताउनुभएको छ । उहाँहरूले छाडेसँगै सरल र दिनानाथबीच चुनाव हुने पक्कापक्की ...

सिन्धुपाल्चोकका दुई नेता बागमती प्रदेशको सह–इञ्चार्ज

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकका दुई नेताहरुले नेकपा एमाले बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सह –ईन्चार्जको जिम्मेवारी पाउनेहरुमा शेरबहादुर तामाङ र अरुण नेपाल रहनुभएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशन अनुसार स्थायी कमिटी समेत रहेका तामाङले बागमती प्रदेश सह–इञ्चार्जको साथै सिन्धुपाल्चोक इन्चार्जको समेत जिम्मेवारी पाउनुभएको छ । बागमती प्रदेश सहइन्चार्ज पाएका नेता पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । यसैगरी सिन्धुपाल्चोक जिल्ला सह–इञ्चार्जमा दावा तामाङ र सरेश नेपाललाई जिम्मेवारी तोकिएको छ । तामाङ पूर्वमाओवादी धारका नेता हुनुहुन्छ ।...

माओबादीको बुद्धीजिबी संगठनमा खड्का

राजनिती, समाचार
नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा गोपाल खड्का चयन हुनुभएको छ। बुधबार चौतारामा सम्पन्न सम्मेलनले अध्यक्षमा खड्का सहित २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामागं लगाएतका माओबादी नेताहरुको उपस्थितीमा भएको सम्मेलनले उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिव मिङमार तामाङ र कोषाध्यक्ष सृजना थापालाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्...

काँग्रेस नेता राजु गोर्खलीद्वारा न्यानो कपडा वितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) ले बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गर्नु भएको छ । कांग्रेस नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ को बालबालिका आधरभुत विद्यालय मा अध्ययनरत दलीत असाय तथा न्युन आय भएका नागरिकहरुका बालबालीकालाइ न्यानो कपडा आबश्यक छ भनी माग भइ आएकोले आफुले बिद्यालयमा नै गएर वितरण गरिएको बताउँनु भयो । विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दँगालको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई स...

४६८१ मत गणना : देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

ब्रेकिङ न्युज १, राजनिती
 नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन । पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ ।...