सम्पर्क

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान

नेत्रबहादुर बस्नेत

राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा केन्द्रीय सदस्यमा विजयी हुनुभएको नेताहरुलाई सम्मान गरिएको छ ।
एक समारोहका बिच निर्बाचित केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी, केन्द्रीय सदस्य यसिम्न ढुँगाना, लगाएतलाई सम्मान गरिएको हो ।
सम्मान पटी मन्तब्य राख्दै केन्द्रीय सदस्य ठकुरीले निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको बिषयलाइ प्राथमिकता दिएको बताउनुभयो । ‘राजा र हिन्दु राष्ट्रको बिषयमा हामी अलिकति पनि परिवर्तन नभएको बताउँदै ठकुरीले पार्टीभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति नरहेको समेत बताउनुभयो । नेपालमा धर्म निरपेक्षता र सँघीयता लागु भएपछी मुलुकलाई ठूलो भार परेको बताउँदै केन्द्रीय सदस्य ठकुरीले सबै मिलेर बस्ने र सबै अट्ने सनातन हिन्दु धर्म रहेको यस राज्यमा धर्म धर्मविच विवाद ल्याँउने काम भईरहेको बताउनुभयो । ९५ प्रतिशत सनातन हिन्दुधर्म मान्ने रहेको हाम्रो राज्यमा सनातन हिन्दु राज्य स्थापना गर्ने , स्थानिय सरकारलाई शक्ति सम्पन्न बनाउँदै सँघियता खारेज गर्न र दलभन्दा माथी राजालाई राष्ट्रप्रमुखको रुपमा राखेर प्रधानमन्त्रीको पदमा प्रत्यक्ष निर्वाचन गरी नागरिकबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ब्यवस्था गर्नको निमित्त राष्ट्रीय प्रजातन्त्र पार्टी लागिपरेको समेत बताउनुभयो । उहाँले आउँदै गरेको निर्वाचनमा राप्रपालाई पहिलो पार्टी बनाउन सबैलाई आग्रह गर्नुभयो । यसैगरी ठकुरीलाई भोटसिपामा पनि केन्द्रीय सदस्य हुनभएको भन्दै सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले जिल्लामा राप्रपालाई पहिलो पार्टी बनाउन आफु लनगिपर्ने बताउनुभयो ।
क्षेत्रिय सभापती रामेश्वर खड्काको सभापतित्वमा भएको कार्यक्रममा शिव प्रसाद पौडेललाई क्षेत्रिय कार्यसमितिमा मनोनित गरिने निर्णय गरिएको छ ।
कार्यक्रमकै अवसरमा सँयुक्त राज्य अमेरिकाकाबाट आउनु भएका देवराज शाहलाई समेत सम्मान गरिएको थियो ।