‘टुपि एन्टिना’ नामबाट प्रख्यात कलाकार तथा निर्देशक घनश्याम तिमल्सिना यतिबेला टेलिसिरियल बनाउन ब्यस्त रहनुभएको छ ।
उहाँ पछिल्लो समय नयाँ टेलिसिरियल ‘इकुपिताङ ’ मा ब्यस्त देखिनुहुन्छ । उहाँले त्यहाँ पिएको भुमिका निभाउनुभएको छ । डेभिड सिलवालको सम्पादनमा बनेको उक्त सिरियलमा उनका २० वर्षदेखिका पुराना साथी सोलेमान शंकर (इंकु) पनि सँगै देखिनुभएको छ । उहाँले आफ्नो २० वर्ष पुरानो साथीसँग पर्दामासँगै देखिन पाएकोमा गर्भ महसुस गरेको पनि बताउनुभयो ।
सर्ट मुभिका टप निर्देशक समेत रहेका घनश्याम ‘छोरी’ टेलिसिरियलको लेखक निर्देशक समेत रहनुभएको छ । ‘छोरी’ सिरियलमा नेपाली समाजमा रहेको महिला हिंसा र दुब्र्यवहारबारे देखाइएको छ । उक्त सिरियल महिला हिंसा विरुद्धको चेतनामुलक सन्देशका लागि बनाइएको घनश्याम बताउनुहुन्छ ।
उहाँले कोरोनाको समयमा पनि नेपाली चलचित्र ‘बदला रिर्टनस’ बनाउनुभएको हो । उहाँले अझै चलचित्र बनाउने सोँचमा आफु रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘कारोनाले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन मैले बदला रिटन्स फिल्म बनाएको हुँ ।’
