सम्पर्क

नगर प्रमुखद्धारा वडा कार्यालय भवनको शिलान्यास

चौतारा सांगाचोकगढी नगरपालिका ५ नं वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । शनिवार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले भवनको सिलान्यास गर्नुभएको हो । वडा अध्यक्ष नरमान श्रेष्ठका अनुसार ६ महिना भित्र १ करोड ९६ लाख लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकता दिँदै १४ वटै वडामा व्यवस्थित भवनमा स्थापित कार्य जारी रहेको मेयर अमानसिं तामाङले बताउनुभयो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।