सम्पर्क

राजनिती

भर्चुवल विधि मार्फत अन्तक्र्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नागरिकहरुकोे नजिकको सरकारले कानुन कसरी बनाएको छ भन्ने विषयमा एक अन्तक्र्रिया कार्यक्रम  माघ १० गते सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा बढ्दो कोरोना सक्रमणको अवस्थालाई मध्यनजर गर्दै भर्चुवल विधि मार्फत अन्र्तक्रिया गरिएको थियो । स्थानिय सरकारले हाल सम्म आवश्यक कानुन कसरी बनाएको छ र यसमा नागरिकहरुको सहभागिता कसरी भएको छ । भन्ने विषयमा जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मीहरु बिच उक्त छलफल गरिएको थियो । छलफलमा पाँचपोखरी थाङपाल गाउँपालिका विधायन समिति संयोजक गिता धितालले पाँचपोखरी थाङपाल गाउँपालिकामा हालसम्म बनेका ऐन, कार्यविधि केन्द्रले तयार गरेको मस्यौदमा आवश्यक विवरण तथा परिमार्जन गरेर कार्यपालिका, तथा गाउँसभा मार्फत पास गरि कार्यन्वयन गरिएको बताउनु भयो । त्यस्तै नागरिक संस्थाका प्रतिनिधि गोपाल लामाले हेलम्बु गाउँपालिकामा अन्य ऐन बनाउने बेलामा त्यस्तो समन्वय नभए पनि श...

राप्रपाले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौतारामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । जिल्लाको साबिक फटकशिला गा.वि.स वडा नं. ९ अन्तर्गत मेलम्ची नगरपालिका वडा नं. १३ निवासी वडाध्यक्ष देवेन्द्र घोरासैनीले कुनै पनि सर्वदलीय बैठक नराख्ने आफ्नो ढँगले बजेट बिनियोजन गर्ने र विकासका कार्यक्रममा पनि थिचोमिचो गरेको कारणले सोहि वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय कोषाध्यक्ष विदुर घोरासैनीले आवाज उठाउदा विभिन्न आक्षेप लगाएर मुद्वा हालेको बताएका छन् । पिडितले गर्नुपर्ने मुद्वामा उनी आफै अदालतसम्म पुगेर विभिन्न आरोप आक्षेप लगाएर मुद्वा दर्ता गरेका छन् । सोहि विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश प्रमुख क बाबुराम खड्का २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारी स्याङ्तान लगायत पार्टीका अन्य प्रतिनिधि समेतको उपस्थित रहनुभएको थियो । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका प्र...

गृहमन्त्रीसँग शिक्षा मन्त्रीको आग्रह–‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुप¥यो’

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्री बीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरुमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको हो । पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । शिक्षामन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृहमन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गर्नुभयो । ‘पटक पटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु’ शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘केही दिनअघि गरेको निर्णय कार...

कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नु पर्दछ –के.स.भण्डारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
दमौली ,२९ पुस ।दमौली ,२९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताउँनुभएको छ। उँहाले कम्युनिष्टहरु संगको सहकार्यले काँग्रेसलाइ फाइदा नहुने बताउँदै काँग्रेसले काम गर्ने कम्युनिष्टहरु भाषण धेरै गर्ने भएकाले काँग्रेस एक्लै ले गरेको कामको जनताले मुल्याँकन पर्ने बताउँनुभयो । उँहाले कम्युनिष्टसंगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने के।स।भण्डारीको जिकिर रहेको छ । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वास माथि घात गर्ने काम कम्युनिष्टहरुबाट हँुदै आएको के।स।भण्डारीको भनाइ रहेको छ । केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्ने क्रममा यस्तो बताँउनुभएको हो । मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा...

एमाले सिन्धुपाल्चोकको उपाध्यक्षमा गिरीले उम्मेदवारी दिने

राजनिती
नेकपा एमाले सिन्धुपाल्चोकको नवौं अधिवेशनमा सुदनराज गिरी (वेपत्ता) ले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ । पार्टीको युथफोर्स जिल्ला प्रमुख, युवा सँघ जिल्ला कमिटी सह–सचिव, नेकपा एमाले साविक २ नम्बर क्षेत्रिय सह–सचिव र हाल जिल्ला कमिटी सदस्य भएर पार्टीमा गिरी निरन्तर क्रियाशिल हुनुहुन्छ । पार्टीलाई सँकट परेको बखत जतिखेर र जहिलेपनि पार्टी बचाउ अभियानमा आफू सक्रिय भएर लागेको बताउने गिरी उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्कसमेत हुनुहुन्छ । उहाँले यसका लागी सबै एमालेमा आस्था राख्नेहरुलाई सहयोगका लागि अपिलसमेत गर्नुभएको छ ।...

लामोसाँघुमा नवनिर्वाचित वस्नेतलाई बधाई तथा सम्मान

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोकको लामोसाँघु बजारमा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर १ प्रदेशसभा (ख) को आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएको छ । उहाँले नेपाली काँग्रेस...

नेकपा एमालेको अधिवेशन उद्धघाटन समारोह सम्पन्न ,५ गते नयाँ नेतृत्व चयन हुने

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले सिन्धुपाल्चोकको शुक्रबार बाह्रबिसेमा आयोजित नवौं अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ भने यही माघ ५ गते नयाँ नेतृत्व चयन हुने भएको छ । बन्दसत्रले निर्वाचन प्रक्रिया अगाडि बढाए पनि निर्वाचन भने पछि सारिएको छ । अधिवेशनको बन्दसत्रले यही २७ गते पालिका कमीटीबाट तोकिएको कोटाबाट छनोट भएर आउने र २९ गते जिल्ला कार्यसमितीकोलागि मनोनयन दर्ता गरिने भएको छ । त्इसलाई अध्यक्ष मण्डलले अन्तिम रुप दिएपछी माघ ५ गते मेलम्चीमा घोषणा तथा सपथ खुवाउने कार्यक्रम रहेको एमाले प््चार विभागले जानकारी दिएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले, सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष अमृतकुमार बोहराले गर्नुभएको थियो । बार्हबिसेमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बोहराले अहिले नेकपा एमालेमाथि चौतर्फी घेरा बन्दी भएको बताउँदै एमालेको लोकप्रियताले तर्सेका अन्य दलहरूले घेराबन्दी गरे पनि जनता...

नेकपा एमाले अधिवेशन देशभर आज सिन्धुपाल्चोकको बाह्रबिसे मा हुने

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको आज देशभरका ७७ ओटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन उद्धघाटन हुने भएको छ । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ बजे भर्चुअल माध्यमबाट देशभरको अधिवेशन एकसाथ उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । यसैविच नेकपा एमाले सिन्धुपाल्चोककोे नवौँ जिल्ला अधिवेशन आज बार्हविसेमा हुँदैछ । आज विहान ११ बजे उद्धघाटन सत्रमा नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोरा, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत एमाले नेताहरु सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभागले जानकारी दिएको छ । नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । यसपटक जिल्लाभरका १९ हजार सँगठित सदस्यअधिवेशनको प्रतिनिधी रहने समेत उहाँले जानकारी दिनुभयो । नेकपा एमालेको दशौँ महाधिवेशनको कार्यनिती अनुसार यो पटक सिन्धुपाल्चोक एमालेले सर्वसम्मत रुपमा न...

सिन्धुपाल्चोकसहित काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सारिएको छ । यसअघि पनि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । सिन्धुपाल्चोक, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ ।...

चौतारामा काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकको चौतारामा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) र चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सँयुक्त आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएक...